default_image

7 years ago

October 21, 2018

महिला यू-१९ टोली एएफसी छनोट खेल्न थाइल्याण्ड जाँदै

350 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल सोमबार थाइल्याण्ड प्रस्थान गर्दैछ । केहि साताअघि भुटानमा भएको साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाल अन्तिम चरणमा पुग्ने लक्ष्य लिएर त्यसतर्फ प्रस्थान गर्दैछ ।

नेपाल रहेको समूह ‘बी’ मा आयोजक थाइल्याण्डसँगै पाकिस्तान र भारत रहेका छन् । नेपालले साफ च्याम्पियनसिपमा भारत र पाकिस्तान दुवैलाई पराजित गरेको थियो । प्रशिक्षक हरिओम श्रेष्ठ नेपाल अन्तिम चरणमा छनोट हुने लक्ष्य लिएर थाइल्याण्ड जाने बताए । ‘हामीले साफ जति तयारी गर्न त पाएनौं । तर हाम्रो टोली राम्रो छ । छोटो समय भएपनि खेलाडीले निकै मिहिनेत गरेका छन्  । हाम्रो लक्ष्य शीर्ष स्थान होस् या उत्कृष्ट दोस्रोमा पर्दै अन्तिम चरणमा छनोट हुने हो,’ श्रेष्ठले भने ।

टोलीकी कप्तान सरु लिम्बूले तयारी कमजोर भएपनि टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास लिएको बताइन । ‘ हामीले साफपछि खासै तयारी गर्न पाएनौं । दशैं भएका कारण तीन दिन प्रशिक्षण प्रभावित भयो । हाम्रो टिमवर्क निकै राम्रो छ र एक अर्काको खेल शैली बुझेका छौं । छनोट हुने नै लक्ष्य रहेको छ,’ लिम्बूले भनिन् ।

अन्तिम चरणमा प्रत्यक समूहको शीर्ष टोली प्रवेश गर्नेछन् । उत्कृष्ट दुई उपविजेता पनि अन्तिम चरणमा पुग्नेछन् । थाइल्याण्ड अन्तिम चरणको पनि आयोजक भएकाले यस समूहमा थाइल्याण्ड विजेता भएमा दोस्रो हुने राष्ट्र पनि अन्तिम चरणमा पुग्नेछ । यदि थाइल्याण्ड उत्कृष्ट दुईमा पारेको खण्डमा तेस्रो उत्कृष्ट टोली छनोट हुनेछ ।

नेपाली टोली :

गोलरक्षक : अन्जना रानामगर, उषा नाथ, रविता राई

डिफेन्डर: निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पुजा रानामगर

मिडफिल्डर: सरु लिम्बू, मन्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुवानी कुस्वार, सृजनासिंह ठकुरी, सम्झना लावती

फरवार्ड : रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जिम्बा, सम्झाना शर्मा

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.