default_image

7 years ago

October 22, 2018

रियल म्याड्रिडको खराब प्रदर्शनमा जिम्मेवार को ?

133 views

0 Bookmark

स्पेनिस ला लिगा अन्तर्गत शनिबार मार्सेलोले लेभान्तेविरुद्ध गरेको गोल खेलमा सान्त्वना गोल थियो । तर उक्त गोलले रियलको ४ सय ८२ मिनेटसम्म चलेको ऐतिहासिक गोलको खडेरी भने तोड्यो ।

यस सिजन रियलले लिगको सुरुवाती ९ खेलमा ३ खेल हारिसकेको छ । पछिल्लो ४ खेलमा १ अंक मात्र जोड्न सकेको रियल अहिले खराब लयबाट गुज्रीरहेको छ । लगातार खराब प्रदर्शनका कारण प्रशिक्षक जुलेन लोपेटेगुईको जागिर नै धरापमा रहेको हल्ला चलन थालिसकेको छ । नियुक्त भएको पाँच महिना पनि नबित्दै उनले आफ्नो पदबाट बर्खास्त हुने डर बढेको छ ।

रियलको यो स्थितिका लागि को जिम्मेवार छ ?

के यो लोपेटेगुईको गल्ति हो ?

पछिल्लो सिजन जिनेदिन जिदानले क्लब छाड्ने आश्चर्यजनक निर्णय लिएपछि रियलले लोपेटेगुईलाई प्रशिक्षक पदमा नियुक्त गरेको थियो । रियलको नियुक्ति लोपेटेगुईलाई निकै भारी पर्यो । उनले विश्वकप सुरु हुनुभन्दा एक दिन अघि स्पेनी राष्ट्रिय टोलीबाट राजिनामा नै दिनुपर्यो ।

रियालमा लोपेटेगुईको सुरुवात राम्रो भएन । यूईएफए सुपर कपमा रियल एटलेटिको म्याड्रिडसँग ४-२ ले पराजित भयो । सिजनको १२ खेलमा ५ जित मात्र हासिल गर्नाले पनि खेलाडी र प्रशिक्षकबीच समझदारीको कमी भएको आँकलन गरिएको छ । खेलाडीहरु उनलाई राम्ररी बुझ्न सकेका छैनन् र खेल्न पनि । लेभान्तेविरुद्ध राफेल भारानेको प्रदर्शन र लुका मोड्रीच, मार्को एसेन्सियो र मार्सेलो लगायत खेलाडीको खेल्ने शैलीले पनि त्यस्तै संकेत गरेको छ ।

गोल नखाने र टोलीमा बलियो आधार खडा गर्न रणनीति बदल्ने पक्षमा लोपेटेगुई छैनन् । उनले सुरुवातदेखि नै डिफेन्सलाई माथिल्लो भागसम्म खेलाएका छन् । जसले गर्दा काउन्टर अट्याकमा टोली लगातार गोल खाइरहेको छ । खेलमा रियलले राम्रो सुरुवात पनि लिन सकेको छैन । यस सिजन म्याड्रिडले खाएका गोलमध्ये ८९ प्रतिशत गोल पहिलो हाफमा नै खाएको छ ।

भेट्रान अर्जेन्टिनी प्रशिक्षक सेजार लुइस मेनोट्टीका अनुसार टोलीमा प्रशिक्षकको भूमिका भने गोल गर्ने अवसर सिर्जना गर्ने रणनीति बुन्ने हो । गोल गर्ने जिम्मेवारी भनेको खेलाडीमा हुन्छ । यस भनाइलाई मान्ने हो भने लोपेटेगुई आफ्नो ठाउँमा राम्रो गरिरहेका छन् । लेभान्तेविरुद्ध रियलले तीन पटक पोस्टमा प्रहार गरेको थियो । खेल अवधिभर ३४ प्रहार गर्दा १५ प्रहार पोस्टको दिशामा गएको थियो । ठिक उल्टो, लेभान्तेले पोस्टमा गरेका दुवै प्रहार गोलमा परिणत भयो ।

रियलको आक्रमणमा स्तर पुगेको छैन । पहिलाजस्तो गोल गर्ने अवसर पनि निर्माण हुन कम भइसकेको छ । जिदानले क्लबमा आफूले चाहेको नहुने भएपछि नै क्लब छाडेका थिए । उनले नयाँ खेलाडी ल्याउने र बेललाई क्लबबाट बाहिर पठाउने माग राखेका थिए । अहिले लोपेटेगुई त्यस्तो माग राख्ने स्थितिमा छैनन् । उनले सिजनको सुरुमा पदको लागि स्वीकार गर्दा नै यस्तो अवस्था आउने थाहा थियो ।

सिजनको सुरुवातमा रियललाई फरवार्ड र मिडफिल्डरको खाँचो थियो । रियल सोसिडाडका विलियन जोसे र एक मिडफिल्डरको माग राखेपनि क्लबले कुनै खेलाडी ल्याएन । उपलब्ध खेलाडीलाई प्रयोग गर्दै जाँदा अपेक्षित नतिजा आउन सकेको छैन । यद्यपी उनले बारम्बार आफुले खेलाडीमाथि विश्वास राखेको बताउँदै आएका छन् । तर के क्लबले लोपेटेगुईमाथि सोहि किसिमको विश्वास राखेको छ त ?

खेलाडीको भूमिका कस्तो ?

यस सिजन रियलले ९ लिग खेलमा १३ गोल मात्र गरेको छ । डिफेन्डर मार्सेलोले शनिबार रियलको गोलको खडेरी तोड्दा मैदानमा ग्यारेथ बेल, करीम बेन्जेमा, मारियानो डियाज लगायका उच्च स्तरीय फरवार्ड खेलिरहेका थिए ।

क्लबमा केहि यस्ता खेलाडी छन् जसले अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् । विशेषत मार्को एसेन्सियोले सोचे अनुरुप खेलमा सुधार ल्याउन सकिरहेका छैनन् । बेन्जेमाले सिजनको सुरुवातमा राम्रो गर्ने लक्षण देखाएपनि त्यसलाई निरन्तरता दिन सकेका छैनन् । बेल पनि चोटका कारण मैदानभित्र भन्दा बहिर नै धेरै समय बिताइरहेका छन् ।

टोली एकतृत रुपमा पनि पहिले जस्तो देखिएको छैन । विपक्षीबाट बल खोस्न होस् या आक्रमणमा बल अगाडी बढाउँदा हुने चालचलन, रियलले पर्याप्त खेल स्तर देखाएको छैन । मानसिक दबाबका कारण होस् या खेलाडीमाथि रहेको अन्य सोच, प्रशिक्षकमाथि दोष आउने पक्षले पनि खेलाडी शत प्रतिशत खेल्न सकिरहेका छैनन् ।

समर्थक किन पेरेजसँग बेखुसी ?

म्याड्रिडको पत्रिका एएसले आइतबार गरेको सर्वेक्षणमा ८५ प्रतिशत समर्थकले अध्यक्ष फलोरेन्टिनो पेरेजलाई रियलको अहिलेको अवस्थाको दोषी मानेका छन् । पेरेजले सिजनको सुरुवातमा गोलरक्षक थिबाउट कोर्टुवा, फरवार्ड मारियानो डियाज र डिफेन्डर अल्भारो ओड्रीओजोलालाई क्लबमा भित्र्याएका थिए । रोनाल्डो युभेन्ट्स गएसँगै क्लबलाई गोलकर्ता आवश्यक पर्ने सबैलाई थाहा थियो । तर पेरेजले बेल, बेन्जेमा र युवा भिनिसियस जुनियरमाथि सम्पूर्ण विश्वास राखे, जुन गलत सावित भयो ।

पेरेजको नजरमा रियालमा ल्याउन लायक खेलाडी दुई मात्र छन् । पेरिस सेन्ट जर्मेनका किलियन एमबाप्पे र नेयमार । पेरेज अन्य खेलाडीमा नजर राख्दैनन्, बरु त्यसको सट्टा क्लबको रंगशाला स्तरोन्नतिका लागि खर्च बचाउन लागेका छन् । पेरेजले चेल्सीबाट हाजार्ड ल्याउन आवश्यक रकम खर्चेनन । रोनाल्डो र कोभाचिचले क्लब छाड्दा होस् या त्यसअघि ड्यानीलो, अल्भारो मोराटा र पेपेले छाड्दा नै, क्लबले उचित विकल्प भित्र्याउँ सकेको छैन ।

लोपेटेगुईलाई लिगको खराब प्रदर्शनका लागि दोष लगाउनुअघि यो अवस्था नयाँ हैन भन्ने बुझ्नु जरुरि छ । रियलले अघिल्लो सिजन पनि लिगमा उचित प्रदर्शन गरेको थिएन । च्याम्पियन्स लिग जितेपनि क्लब बार्सिलोनाभन्दा १७ अंक पछाडी रहेको थियो । रियलले च्याम्पियन्स लिग उपाधि नजितेको भए जिदान यसैपनि क्लब छाड्न बाध्य हुन्थे, यो उनी स्वयंलाई पनि थाहा थियो ।

के यो रोनाल्डोको विकल्प खोज्न नसकेको परिणाम हो ?

कतिपय अवस्थामा राम्रो खेलेर पनि गोल गर्न सकिन्न । नराम्रो खेलेर पनि गोल गर्दै जित हासिल गर्ने धेरै अवस्था हुन्छन् । रोनाल्डो यस्तै खेलाडी थिए । जसोतसो गोल गर्ने । रियल अहिले तीनै रोनाल्डोको कमी महसुस गरिरहेको छ । यसका बाबजुद रियललाई लेभान्ते, अलाभेस, मस्कोजस्ता टोलीलाई हराउन रोनाल्डो नै आवश्यक पर्ने भने हैन ।

अघिल्लो सिजन रियलले ९४ गोल गर्दा रोनाल्डोले २६ गोलको योगदान दिएका थिए । यसक्रममा रियलले ४४ गोल खायो । जुन एटलेटिको म्याड्रिडभन्दा दोब्बर बढी र लिग उपाधि विजेता बार्सिलोनाभन्दा १५ गोल बढी थियो । रियल्ली पैसाको कुनै कमी छैन । तैपनि खर्च नगर्नु क्लबका लागि घातक सावित हुन सक्छ ।

लेभान्तेविरुद्ध खेलपछि पेरेज र लोपेटेगुईको लामो वार्ता भयो । पेरेजले कप्तान सर्जियो रामोसलाई पनि भेटे । अब रियलले च्याम्पियन्स लिग र एल क्लासिको खेल्दै छ । यसमा पनि उचित नतिजा नआए प्रशिक्षक बर्खास्तीमा पर्ने सम्भावना छ ।

रियल समस्यामा छ । तर त्यो समस्या निकै ठुलो भने हैन । लगातार खराब प्रदर्शन गर्दापनि ९ खेल सकिंदा शीर्ष स्थानभन्दा ४ अंक मात्र पछाडी हो । अन्य टोलीले पनि राम्रो खेल्न नसक्नुले रियललाई धेरै घाटा पुगेको छैन । सन् २०००-०१ मा रियल यस्तै स्थितिबाट अगाडी बढ्दै २८ औं लिग उपाधि जित्न सफल रहेको थियो । यसपटक पनि सोहि स्थिति दोहोर्याउन प्रशिक्षक र खेलाडीले निकै मिहिनेत गर्नुपर्ने हुन्छ ।

  • गुलेम बलागे (बीबीसी)

तपाईंको विचारमा रियलको मुख्य समस्या के होला ? कमेन्टमा गएर प्रतिक्रिया दिनुहोस् । हामी नेपाली फुटबल समर्थकको यस अवस्थाबारे धारणा के छ त्यसबारे सर्वेक्षण गर्दैछौं ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.