7 years ago
October 24, 2018
मड्रिड (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा साविकको विजेता स्पेनिस क्लब रियल मड्रिडले रुसी क्लब भिक्टोरिया प्लेजेनलाई पराजित गरेको छ ।
च्याम्पियन्स लिग अन्तरगत मंगलबार राति भएको समूह चरणको तेस्रो खेलमा रियलले भिक्टोरियालाई २–१ ले पराजित गरेको हो । जितसँगै रियलले पछिल्ला पाँच खेलपछि जितको स्वाद चाखेको छ । रियलले सेप्टेम्बर २२ मा इस्पान्योललाई पराजित गरेयता पछिल्ला पाँच खेलमा जित हात पार्न सकेको थिएन ।
यो जितले रियलका प्रशिक्षक जुलियन लुप्टेगुईंलाई पनि केही राहत मिलेको छ ।
रियलको जितमा करिम बेन्जेमा र मार्सेलोले गोल गरे । भिक्टोरियाका प्याट्रिक रोसोभस्काईले एक गोल फर्काए । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलले ११औं मिनेटमा करिम बेन्जेमाको गोलबाट खेलमा अग्रता बनाएको थियो । भास्क्वेजको क्रसमा अनमार्क रहेका बेन्जेमा फ्रि हेडरमार्फत गोल गरेको थिए ।
त्यसअघि रियलले खेलको तेस्रो मिनेटमा आक्रमण बुनेको थियो । तेस्रो र पाँचौ मिनेटमा कप्तान सर्जियो रामोसले गोलको मौका खेर फालेको थियो ।
शुरुवातदेखि भिक्टोरियालाई दवावमा राखेपनि रियलले दोस्रो गोलका लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५५औं मिनेटमा मार्सेलोले ग्यारेथ बेलको पासलाई सदुपयोग गरेपछि रियल खेलमा २–० ले अघि बढेको थियो ।
त्यसपछि पनि रियलले भिक्टोरियाको पोस्टमा पटक पटक आक्रमण बुनेपनि गोल गर्न सफल भएन । बरु उल्टै ७८औं मिनेटमा एक गोल खान पुगेको थियो । भिक्टोरियाका प्याट्रिकले गोल गर्दै खेलमा फर्कने संकेत देखाएका थिए । तर, त्यसपछि थप गोल हुन नसक्दा रियल २–१ ले विजयी हुन सफल रह्यो ।
जितपछि रियल तीन खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित भिक्टोरिया १ अंक जोडेर पुछारमा छ ।
मंगलबार राति नै भएको समूह ‘जी’ को अर्काे खेलमा इटालियन क्लब रोमाले रुसी क्लब सिएसकेए मस्कोलाई ३–० ले पराजित गरेको छ । रोमाको जितमा रोमाको सहज जितमा इडेन जेकोले २ तथा सेन्जिक अन्डरले एक गोल गरे ।
जितपछि रोमा ६ अंक जोडेर शीर्ष स्थानमा उक्लदा मस्को भने तेस्रो स्थानमा झरेको छ । मस्कोको समान ३ खेलबाट ४ अंक छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]