default_image

7 years ago

October 25, 2018

साफ यू १५ च्याम्पियनसिप – पहिलो खेलमा भारतको हार

85 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– दक्षिण एसियाली स्तरको पुरुष वा महिला तथा उमेर समूहदेखि राष्ट्रिय टोलीका प्रतियोगिता भारत सदाबहार दाबेदार रहँदै आएको छ । तर, यसपटक बिहीबार सुरु भएको साफ यू १५ च्याम्पियनसिपमा भारतको सुरुवात सुखद हुन सकेन ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा पाकिस्तानले भारतलाई २–१ ले हराएको छ । खेल सकिन ५ मिनेट बाँकी रहँखा वासिफले गोल गरेपछि पाकिस्तानले पहिलो खेल मै जित दर्ता गराएको थियो ।

खेलमा अग्रता पनि पाकिस्ताने नै लिएको थियो । अदनान जस्टिनको गोलमा पाकिस्तानले ३१ औं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफमा भारत खेलमा फर्केपनि त्यसलाई अन्तिमसम्म जोगाउन सकेन । ५३ औं मिनेटमा भारतका थालाचुईले बराबरी गोल गरेका थिए ।

प्रतियोगितामा आज नेपाल र माल्दिम्भबीचको खेल दिउँसो ३ः०० बजे सुरु हुनेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.