7 years ago
October 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको धिवेही प्रिमियर लिगअन्तर्गत टीसी स्पोर्ट्सले न्यु रेडियन्ट क्लबलाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा पकड बलियो बनाएको छ । टीसीबाट खेल्दै आएका नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले लगातार क्लिन सिट राख्न सफल भए ।

यस जितसँगै टिसी स्पोर्ट्स अंक तालिकामा ११ खेलमा ३० अंक जोड्न सफल भएको छ । दोस्रो स्थानमा रहेको क्लब इगल्सको १० खेलमा २३ अंक छ । टिसीले जारी लिगमा ३४ गोल गर्दै हालसम्म ३ गोल मात्र खाएको छ । सोमबार भएको खेलमा अलि अस्फाक एक्लैले ४ गोल गरेपछि टिसीले भिक्ट्रीलाई ४-० ले हराएको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]