default_image

7 years ago

October 26, 2018

एएफसी यू-१९ च्याम्पियनसिप : भारतविरुद्ध नेपाललाई अग्रता

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले भारतविरुद्ध अग्रता बनाएको छ । नेपाल दोस्रो हाफमा अग्रता लिएको हो ।

पहिलो हाफ गोलरहित रहेको थियो । दोस्रो हाफको ५९ औं मिनेटमा नेपालका लागि फरवार्ड रेखा पौडेलले गोल गरेकी हुन् । उनले अफसाइड ट्रयाप बिट गर्दै गोल गरेकी थिइन् । डिफेन्सबाट आएको लामो क्लिएरेन्समा अर्की फरवार्ड अफसाइड भएपनि रेखाले आफैं बल कन्ट्रोल गर्दै गोल गरेकी थिइन् ।

नेपालले यसअघि पनि भुटानमा भएको यू-१८ महिला साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो । उक्त प्रतियोगितामा नेपाल बंगलादेशसँग फाइनलमा पराजित भएको थियो । रेखा साफ च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता बनेकी थिइन् ।

यस प्रतियोगिताको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० ले पराजित भएको थियो । अर्को चरणमा पुग्ने सम्भावना जीवित राख्न नेपाललाई आज जित आवश्यक छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.