7 years ago
October 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत शुक्रबार थाइल्याण्डस्थित चोनबुरी रंगशालामा नेपालले भारतलाई २-० ले पराजित गरेको छ । नेपालको जितमा फरवार्ड रेखा पौडेलले दुई गोल गरिन् ।

तस्बिर सौजन्य : एनएसजेएफ
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५९ औं मिनेटमा रेखाले नेपाललाई अग्रता दिलाइन । नेपालको हाफबाट गरेको लामो क्लिएरेन्समा विपक्षी डिफेन्डरले बनाएको अफसाइड ट्रयापलाई बिट गर्दै रेखाले पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेकी थिइन् । दुवै टोलीले त्यसपछि गोल गर्ने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । तर रेखाले खेलको २ मिनेट समय बाँकी छंदा नेपालको अग्रता दोब्बर पारिन् । उनले गोलरक्षकको टाउको माथिबाट चिप गोल गर्दै नेपालको जित पक्का गरिन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० ले पराजित भएको थियो । यता पाकिस्तानलाई १८-० ले हराउँदै भारतले उत्कृष्ट सुरुवात गरेको थियो । प्रतियोगिताको अर्को खेलमा आजै थाइल्याण्ड र पाकिस्तान भिड्दैछन् । आइतबार नेपालले समूहको अन्तिम खेलमा पाकिस्तानको सामना गर्नेछ भने भारत र थाइल्याण्ड पनि भिड्ने छन् ।

तस्बिर सौजन्य : एनएसजेएफ
यस समूहबाट शीर्ष स्थानको टोली र दोस्रोमध्ये उत्कृष्ट दुईमा पर्ने टोलीले थाइल्याण्डमा हुने यू-१९ च्याम्पियनसिपको अन्तिम चरणमा छनोट हुनेछ । तर थाइल्याण्ड शीर्ष स्थानमा पारेको खण्डमा भने दोस्रो हुने टोली छनोट हुनेछ । नेपालको यस जितसँगै छनोट हुने सम्भावना बढेको छ । नेपाल पहिलो पटक यू-१९ च्याम्पियनसिपको छनोटमा सहभागिता जनाउँदै गर्दा अन्तिम चरणमा छनोटनजिक पुगेको हो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]