default_image

7 years ago

October 27, 2018

नेपाल एक खेल अगावै यू–१५ साफको सेमिफाइनलमा

133 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – नेपाल यूवा फुटबल टोली एक खेल अगावै ललितपुरमा जारी यु–१५ साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।

समूह ‘ए’ को शनिबार भएको खेलमा बंगलादेशलले माल्दिभ्समाथि ९–० को फराकिलो जित दर्ता गरेपछि नेपालले एक खेल अगावै च्याम्पियनसिपको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले हराएको थियो । माल्दिभ्सलाई पराजित गरेको बंगलादेश पनि अन्तिम चारमा पुग्न सफल भयो । लगातार दोस्रो हार बेहोरेपछि माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।

अब नेपाल र बंगलादेशबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । नेपाल र बंगलादेशबीचको खेल सोमबार हुनेछ ।

सातदोवाटोस्थित एन्फा मुख्यालयको कृतिम मैदानमा माल्दिभ्समाथि ९–० को जित निकाल्दा निहत जमानले ह्याट्रिकसहित ४ गोल गरे । रसेल अहमद र आसिकुर रहमानले २–२ गोल गरे । त्यस्तै एक गोल कप्तान मोहम्मद मेहेदी हसनले गरे ।

शुक्रबारै भएको समूह ‘बी’ को खेलमा पाकिस्तानले भुटानलाई ४–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । पाकिस्तानले पहिलो खेलमा भारतलाई २–१ ले पराजित गरेको थियो ।

अब भारत र भुटानबीचको विजेताले समूह ‘बी’ बाट उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ । खेल सोमबार हुनेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.