7 years ago
October 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा पाकिस्तानविरुद्ध पहिलो हाफमा नेपालले ३-० को अग्रता लिएको छ । चोनबुरी रंगशालामा नेपालले एकतर्फी खेलमा पाकिस्तानलाई पूर्ण रुपमा दबाबमा राखेको छ ।
नेपालको लागि मन्जली कुमारी योन्जनले दोस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन । दायाँ विङबाट आएको क्रस गोलरक्षकले बचाउन नसक्दा मन्जलीले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरिन् । ३१ औं मिनेटमा सम्झना लावतीले नेपालको अग्रता दोब्बर पारिन् । मन्जलीको क्रसमा उनले ६ यार्ड बक्सभित्रबाट गोल गरेकी हुन् । अलिसा जिम्बाले ३७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टी क्षेत्रभित्रबाट पोस्टको दिशा दिंदै ३-० को अग्रता दिलाइन ।
नेपालले खेलको अधिकांश समय पकड बनाएपनि पोस्टमा गरेको आक्रमण सटिक हुन सकेन । पहिलो हाफको खेलको लगभग सम्पूर्ण समय पाकिस्तानको हाफमै बितेको थियो । नेपालको हाफमा बिरलै बल आएको छ । नेपालका लागि पाकिस्तानविरुद्ध फरवार्ड रेखा पौडेल खेलेकी छैनन् । पछिल्लो खेलमा भारतविरुद्ध दुई गोल गरेकी रेखा लगातार दोस्रो खेलमा पहेंलो कार्ड पाएपछि प्रतिबन्धित भएकी हुन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]