default_image

7 years ago

October 28, 2018

एएफसी यू-१९ : पाकिस्तानमाथि नेपालको शानदार जित

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९-० ले हराएको छ । चोनबुरी रंगशालामा नेपालले एकतर्फी खेलमा पाकिस्तानलाई पूर्ण रुपमा दबाबमा राख्दै सहज जित दर्ता गरेको हो ।

पहिलो हाफमा नेपालको लागि मन्जली कुमारी योन्जनले दोस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकि थिइन् । दायाँ विङबाट आएको क्रस गोलरक्षकले बचाउन नसक्दा मन्जलीले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरिन् । ३१ औं मिनेटमा सम्झना लावतीले नेपालको अग्रता दोब्बर पारिन् । मन्जलीको क्रसमा उनले ६ यार्ड बक्सभित्रबाट गोल गरेकी हुन् । अलिसा जिम्बाले ३७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टी क्षेत्रभित्रबाट पोस्टको दिशा दिंदै ३-० को अग्रता दिलाइन ।

दोस्रो हाफको सुरुवातमै नेपालले अग्रता बढाएको थियो । ४८ औं मिनेटमा सम्झना लावतीको क्रसमा पुजा रानाले हेडरमार्फत गोल गरिन् । त्यसको केहि मिनेटमै पुजाले अर्को गोल थपिन । पाकिस्तानी डिफेन्डरले दिएको ब्याक पासलाई उनले कन्ट्रोल गर्दै पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरेकी थिइन् । ५७ औं मिनेटमा निशा थोकरले अर्को गोल गरिन् । उनले बायाँ विङबाट गरेको फ्रिकिक प्रहार सिधै गोलमा परिणत भएको थियो ।

७४ औं मिनेटमा निशाले पेनाल्टीबाट गोल गर्दै नेपाललाई ७-० को अग्रता दिलाइन । निशाले नै ८५ औं मिनेटमा गोल गर्दै नेपालको अग्रता बढाइन । कप्तान सरु लिम्बूले ८९ औं मिनेटमा गोल गर्दै ९-० ले अगाडी बढाइन । उनले दायाँ विङबाट गरेको क्रस गोलरक्षकले बुझ्न नसक्दा सिधै गोल भएको थियो ।

नेपालले खेलको अधिकांश समय पकड बनाएपनि पोस्टमा गरेको आक्रमण सटिक हुन सकेन । अन्य टोलीले पाकिस्तानविरुद्ध १८-० को जित दर्ता गरेका कारण नेपाली टोली पनि सुरुवात देखि हतारिएको थियो । खेलको लगभग सम्पूर्ण समय पाकिस्तानको हाफमै बितेको थियो । नेपालका लागि प्रभावशाली फरवार्ड रेखा पौडेल पाकिस्तानविरुद्ध खेलेकी थिइनन् । पछिल्लो खेलमा भारतविरुद्ध दुई गोल गरेकी रेखा लगातार दोस्रो खेलमा पहेंलो कार्ड पाएपछि प्रतिबन्धित भएकी हुन् ।

यससँगै नेपाल एएफसी यू-१९ च्याम्पियनसिपको अर्को चरणमा पुग्ने सम्भावना बलियो भएको छ । अब समूहको अर्को खेलमा थाइल्याण्डले भारतलाई पराजित गरेमा नेपाल समूहको दोस्रो स्थानमा रहेर अन्तिम चरणमा छनोट हुनेछ । प्रतियोगिताको अन्तिम चरण पनि थाईल्यान्डमा हुने भएकाले नेपाल दोस्रो स्थानमा रहेपनि छनोट हुने भएको हो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.