default_image

7 years ago

October 29, 2018

हेलीकप्टर दुर्घटनामा लेस्टरका मालिकको निधन

111 views

0 Bookmark

लेस्टर (एजेन्सी) – शनिबार वेस्ट ह्याम युनाइटेडविरुद्धको खेलपछि भएको हेलीकप्टर दुर्घटनामा प्रिमियर लिग क्लब लेस्टर सिटीका थाई मालिक विचाई श्रीवद्धनाप्रभाको निधन भएको पुष्टी भएको छ। 

billionaire

श्रीवद्धनाप्रभासँगै लेस्टरका थप दुई स्टाफ, पाइलट र अर्का एक यात्रीको निधन भएको पुष्टी भएको हो। श्रीवद्धनाप्रभा थाइल्याण्डको चौथो धनी थिए। हाल उनी लण्डनमा बस्दै आएका थिए।

खेल सकिएको एक घण्टापछि मैदानको बीच भागबाट नै हेलिकप्टर उडेको थियो। हेलिकप्टर दुर्घटना हुने बितिक्कै क्लबका गोलरक्षक क्यास्पर स्माइकल पनि दुर्घटनास्थल तर्फ कुदेका थिए। प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर एक्कासी बन्द भएर आकाशमा घुम्दै कार पार्कमा बजारिएको थियो । वरपर रहेका प्रहरीले हेलिकप्टरको सिसा फोड्न खोज्दा एक्कासी आगो लागेर पड्कदा कसैलाई बचाउन सकिएको थिएन ।

मालिक विचाईले लेस्टरको स्वरुप फेर्न मुख्य भूमिका खेलेका थिए । क्लबले सन् २०१६ मा प्रिमियर लिग उपाधि जित्दा उनले प्रत्यक खेल मैदानमा आएर हेर्थे । उनले सन् २०१० क्लब किनेयता क्लबले लगातार राम्रो प्रदर्शन गरेको छ । सन् २०१४ मा प्रिमियर लिगमा उक्लिएको लेस्टरले त्यसको दुई वर्षमा नै उपाधि जितेको थियो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.