7 years ago
October 30, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुइलाई क्लबले बर्खास्त गरेको छ। क्लबमा ४ महिना मात्र बिताएका लोपेटेगुइलाई रियलको खस्कदो प्रदर्शनका कारण हटाएको हो।
विश्वकप सुरु हुन् १ दिन मात्र बाँकी हुँदा स्पेनको मूख्य प्रशिक्षकको भूमिकाबाट पदमुक्त भएका लोपेटेगुइले त्यसयता रियल सम्हालेका थिए। तर ला लिगामा खराब प्रदर्शनका कारण क्लबले उनलाई हटाएको हो।
रियल हाल १० खेलमा ४ मात्र जित्दै अंक तालिकाको ९ औं स्थानमा छ। आइतबार भएको बार्सिलोना विरुद्धको एल क्लासिकोमा ५-१ को हार बेहोरेपछि लोपेटेगुइलाई पदमुक्त गर्ने कुरा चर्किएको थियो। लिगमा रियलको यो विगत १८ वर्षको सबैभन्दा फितलो सुरुआत हो।
तत्काल रियल म्याड्रिड ‘बी’ का प्रशिक्षक सान्टिएगो सोलारीले उनको स्थान लिने क्लबले जानकारी दिएको छ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]