7 years ago
October 31, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाललाई एएफसी यू १९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा पुर्याउन भूमिका निर्वाह गर्ने ३ खेलाडीसहित ५ सदस्य शुक्रबार म्यानमार जाने भएका छन् । राष्ट्रिय टोलीबाट ओलम्पिक छनोट खेल्न म्यानमार जाने यू १९ टोलीकी सदस्यमा अन्जना रानामगर, सरु लिम्बु र मञ्जली कुमारी योञ्जन छन् ।

महिला राष्ट्रिय टोलीकी सहायक प्रशिक्षक भगवती राना मगर र फिजियो जिनी बज्राचार्य पनि म्यानमार जानेछन् । ओलम्पिक छनोटको अन्तिम तयारीका लागि नेपाली महिला सिनियर टोली भने चीनमा रहेको छ । सिनियर टोली पनि शुक्रबार नै म्यानमार पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
थाइल्यान्डमा छनोट चरण खेल्दै नेपाली यू १९ महिला टोली सोमबार स्वदेश आइपुगेको थियो । तीन मध्ये २ खेलमा जित र १ खेलमा हार बेहोरेको नेपाल हेड टु हेडका आधारमा दोस्रो चरणका लागि छनोट भएको थियो । पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको नेपालले त्यसपछि भारतलाई २–० र पाकिस्तानलाई ९–० ले हराएको थियो । भारतलाई हेड टु हेडमा पछि पार्दै नेपाल दोस्रो चरणमा पुग्न सफल भएको थियो । नेपाल सम्मिलित ओलम्पिक छनोटको समूहमा भारत, म्यानमार र बंगलादेश रहेका छन् ।
नेपालले ८ नोभेम्बर ८ मा भारत, ११ मा म्यानमार र १३ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपालले पहिलो पटक ओलम्पिकको महिला फुटबल छनोटमा भाग लिन लागेको हो । हरि खड्काको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीको अर्का प्रशिक्षक मृगेन्द्र मिश्र छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य दीर्घबहादुर केसी टोली नेता रहेको टोलीको व्यवस्थापकमा हिराचन थकाली छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]