7 years ago
November 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र पाकिस्तानबीच जारी साफ यू १५ च्याम्पियनसिपको दोस्रो सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दुवै टोलीले गोलका केहि अवसर पाएर पनि सफलता प्राप्त गर्न सकेनन् । यो खेलको विजेताले फाइनलमा बंगलादेशको सामना गर्नेछ । बंगलादेशले आजै भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अन्तिम २ को यात्रा तय गरेको थियो ।
नेपाल प्रतियोगिताको गतवर्षको उपविजेता हो । गतवर्ष नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । यसपटक नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको भने दोस्रो बंगलादेशसंग २–१ ले पराजित भएको थियो ।
अर्को तर्फ उपाधिको बलियो दाबेदार मानिएको भारतलाई समूह चरणमा २–१ ले हराएको पाकिस्तानले दोस्रो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]