default_image

7 years ago

November 1, 2018

मनाङ गभनर्स गोल्डकपको फाइनलमा

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सिग्नेचर मनाङ मस्याङ्दी क्लब भारतको सिक्किममा जारी गभनर्स गोल्ड कप फुटबल प्रतियोगिता फाइनलमा पुगेको छ ।

ग्यान्टोकस्थित पाल्चोर रंगशालामा बिहीबार कोलकाता एटिकेलाई ६–२ ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । मनाङको जितमा डोना थापाले ह्याट्रिक गरेका थिए ।

त्यस्तै अन्जन विष्ट, सुजल श्रेष्ठ र विमल रानाले समान १ गोल गरेपछि मनाङको जित फराकिलो बनेको हो ।

बाई पाएर सोझै क्वार्टफाइनल खेलको मनाङले मंगलबार भारतीय क्लब कोलकाता कस्टम्सलाई ४–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो ।

प्रतियोगितामा सहभागी नेपाली अर्को टोली नेपाल एपिएफ क्लब भने पहिलो खेलबाटै बाहिरिएको थियो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.