default_image

7 years ago

November 7, 2018

मेसीविनाको बार्सिलोना बराबरीमा रोकियो

159 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र इन्टर मिलानबीचको खेल@-१ को बराबरीमा टुङ्गिएको छ । यस नतिजासँगै समूहमा बार्सिलोनाले अग्रता कायमै राखेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । लुइस सुअारेजले पहिलो हाफमा पाएको मौका सदुपयाेग गर्न नसक्दा बार्सिलोनाले दोस्रो हाफसम्म कुर्नुपरेको थियो । बार्सिलोनाका लागि ब्राजिलका विङ्गर माल्कमले अग्रता दिलाए । उनले खेलको ७ मिनेट समय बाँकी रहँदा गोल गरेका थिए ।

बार्सिलोनाले अन्तिम समयमा डिफेन्सा गल्ती गर्दा जित दर्ता गर्न सकेन । इन्टरका कप्तान माउरो इकार्डीले ३ मिनेट समय बाँकी छँदा पेनाल्टी क्षेत्रभित्र बाट गोल गर्दै खेल बराबरीमा ल्याए ‌। खेलमा बार्सिलोनाले अधिकांश समय बलमा पकड बनाएपनि गोलको अवसर भने सोहिअनुसार सिर्जना गर्न सकेन । कप्तान लिअोनेल मेसी टोलीसँगै इटाली पुगेपनि प्रशिक्षक एर्नेस्टोले जोखिम लिन नचाहेपछि बेन्चमा पनि बसेनन् ।

बराबरीमा बाबजुद बार्सिलोना दोस्रो चरणमा पुगेको छ । अर्को खेलमा टोटेनहमले पीएसभीलाई २-१ ले हराएपछि बार्सिलोना अर्को चरणमा पुगेको हो । बार्सिलोनाले अब लिगको खेलमा पीएसभी र टोटेनहमको सामना गर्नेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.