7 years ago
November 8, 2018
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत साविक विजेता रियल म्याड्रिडले समूह जी को खेलमा भिक्टोरिया प्लेजनको मैदानमा ५-० को फराकिलो अन्तरले विजयी भएको छ ।

पाहुना टोलीको सहज जितमा पहिलो हाफमा नै रियलले ४-० को अग्रता बनाएको थियो । म्याड्रिड टोलीले फरवार्ड करीम बेन्जेमाको २० औं मिनेटको गोलमा अग्रता लिएको थियो । उक्त गोल बेन्जेमाको रियल म्याड्रिडका लागि २ सयौं गोल पनि थियो । त्यसको तीन मिनेटमै रियलले क्यसेमिरोको गोलमा अग्रता दोब्बर पार्यो ।
खेलको ३७ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै ३-० ले अगाडी बढाए । पहिलो हाफको ५ मिनेट समय बाँकी छँदा ग्यारेथ बेलले गोल गर्दै हाफ टाइममा ४-० को अग्रता दिलाए । उत्कृष्ट खेल पस्केको म्याड्रिडका लागि दोस्रो हाफमा टोनी क्रुसले दर्शनीय गोल गरे । ६७ औं मिनेटमा जर्मन मिडफिल्डरले विपक्षी गोलरक्षक एलेस ह्रुसकालाई चिप गर्दै गोल गरेका थिए ।

प्रशिक्षक जुलेन लोपेटेगुईलाई गत महिना बर्खास्त गरेयता रियलका कार्यवाहक प्रशिक्षक सान्टियागो सोलारीले राम्रो नतिजा दिलाएका छन् । उनको नेतृत्वमा टोलीले लगातार तेस्रो जित दर्ता गर्यो । यसक्रममा टोलीले कुनै गोल नखाई ११ गोल गरेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको रियलले अर्को खेलमा अनुकुल नतिजा आएको खण्डमा अर्को चरणमा स्थान पक्का गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]