7 years ago
November 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो अोलम्पिक २०२०को महिला फुटबल छनोट प्रतियोगिता अन्तर्गत अाज समूह सी को पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिनको २:१५ बजे सुरु हुनेछ ।

नेपाल भारतबीच हालसम्म भारतको एकपक्षिय दवदवा रहदै आएको छ । नेपालले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन । पछिल्लो पटक भारतमा सन् २०१६ मा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल २-१ ले पराजित भएको थियो । त्यसअघि प्रत्येक संस्करणको फाइनलमा नेपाल भारतसँग नै पराजित हुँदै आएको छ । नेपाल भारतविरुद्ध पहिलो जित दर्ता गर्ने सुरमा हुनेछ ।
नेपालसँगै समूह सी मा आयोजक म्यानमार, भारत र बंगलादेश छन् । नेपालले बिहिबार भारतको सामना गरेपछि आइतबार म्यानमार र मंगलबार बंगलादेशको सामना गर्नेछ । नेपाली टोली प्रतियोगितामा सहभागिता जनाउन शुक्रबार नै प्रतियोगिता स्थल पुगेको थियो । त्यसअघि नेपाली टोलीले चीनमा तीन मैत्रीपूर्ण खेल खेल्दै राम्रो तयारी गरेको थियो । चीनमा सहभागी टोलीबाट ५ खेलाडी स्वदेश फर्कंदा यू-१९ टोलीका तीन खेलाडीलाई भने राष्ट्रिय टोलीमा समावेश गरिएको हो ।
सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । भिएतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन् । हरेक समूहका शीर्ष टोली र अन्य दुई उत्कृष्ट दोस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ । दोस्रो चरणमा छानिएको १२ टोलीलाई फेरि तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ ।
दोस्रो चरण छनोटको प्रत्यक तीन समूहका शीर्ष टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]