default_image

6 years ago

November 8, 2018

अोलम्पिक छनोट : पहिलो हाफमा नेपाल र भारत १-१ को बराबरीमा

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो अोलम्पिक २०२० को एसियाली महिला फुटबल छनोट प्रतियोगिताको पहिलो समूह खेलमा नेपाल र भारत खेल्दैछन् । पहिलो हाफमा दुवै टोली १-१ को बराबरीमा छन् ।

नेपालले कप्तान नीरु थापाको गोलमा ११ अौं मिनेटमा अग्रता लिएको थियो । तर ३७ अौं मिनेटमा कमला देवीले भारतको लागि बराबरी गोल फर्काइन् । समूहको दोस्रो खेलमा अाज नै म्यानमार र बंगलादेश भिड्ने छन् ।

नेपालले अहिलेसम्म भारतलाई पराजित गरेको छैन । पहिलो जितको खोजिमा रहेको नेपालले पहिलो हाफमा राम्रो प्रदर्शन गरेको छ ।

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

December 15, 2024

रियल म्याड्रिड रोकियो

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ ।‌ बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]

Success

Thank you for your time.