default_image

7 years ago

November 27, 2018

शीर्षस्थानमा फर्कन मनाङ तत्पर

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणअन्तर्गत मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुई खेल हुँदैछन् । पहिलो खेलमा सरस्वती युवा क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्नेछन् भने दोस्रोमा नेपाल एपीएफ क्लबले मनाङ मर्स्याङदी क्लबको सामना गर्नेछ ।

सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले सीएमजी क्लब संकटालाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानमा कब्जा जमायो । मनाङ अब एपीएफलाई हराउँदै उक्त स्थानमा फर्कने लक्ष्यमा हुनेछ । रुस्लान थ्री स्टारविरुद्ध अनुपस्थित रहेका फरवार्ड ओलावाले आफिज र डिफेन्डर कमल श्रेष्ठ यस खेलमा उपस्थित हुनेछन् । लिगको सुरुवाती तीनै खेल जितेको मनाङ शत प्रतिशत जितको रेकर्ड कायम राख्ने लक्ष्यमा हुनेछ ।

एपीएफ पनि पछिल्लो खेलमा भोगेको पराजयलाई बिर्सने प्रयासमा हुनेछ । ब्रिगेड ब्वाइजविरुद्ध अग्रता लिएपनि एपीएफ ३-१ ले पराजित भएको थियो । उक्त खेलमा रातो कार्ड पाएका विश्वास उदास यस खेलमा उपस्थित हुने छैनन् । आक्रमणमा निकै कमजोर देखिएको एपीएफले मनाङविरुद्ध नतिजा ल्याउन निकै मिहिनेत गर्नुपर्ने हुन्छ । डिफेन्डर आदित्य चौधरीको अनुपस्थितिले पनि डिफेन्समा केहि असर परेको छ ।

यता तेस्रो चरणमा लिगको पहिलो जित दर्ता गरेका सरस्वती र ब्रिगेड ब्वाइज सोहि लयलाई कायम राख्ने लक्ष्यमा हुनेछन् । विदेशी खेलाडीको आगमनले दुवै टोली मजबुत भएका छन् । तीनै खेलाडीमा भर गरेर नै अघिल्लो खेलमा जित दर्ता गरेका थिए । लिगको पुछारमा नबस्न यस खेलको नतिजा महत्त्वपूर्ण हुनेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.