default_image

7 years ago

November 27, 2018

एपीएफलाई हराउँदै मनाङ शीर्षस्थानमा उक्लियो

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङदी क्लबले नेपाल एपीएफ क्लबलाई २-१ ले पराजित गरेको छ । यस जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लियो

खेलको आठौं मिनेटमा विशाल राईले झन्डै ३५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा फार पोस्टमा अनमार्क रहेका अन्जन विष्टको हेडरले पोस्टको दिशा लिन सकेन । १९ औं मिनेटमा मनाङले सुरुवाती अग्रता बनायो । आडेलाजा सोमिडेले विमल रानामगरसँग पेनाल्टी क्षेत्रबाहिर वन टु पास खेल्दै सुन्दर गोल गरे । उनको शक्तिशाली प्रहारलाई गोलरक्षक राजु योगीले सिधै आएपनि बचाउन सकेनन् ।

एपीएफले २५ औं मिनेटमा गोल गर्ने सुन्दर अवसर गुमायो । नवीन लामाले बायाँ विङबाट आउटसाइड फुटले दिएको लो क्रसमा युवराज खड्काले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार अकासियो । त्यसको दुई मिनेटमै एपीएफले पेनाल्टी पायो । नवीन लामाको फ्रिकिक प्रहार पेनाल्टी क्षेत्रभित्र डिफेन्डर मोहमद आसिफको हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । नवीनले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ४५ औं मिनेटमा मनाङले पनि पेनाल्टी पायो । कमल श्रेष्ठको क्रस सन्तोष कटवालको हातमा लागेपछि प्राप्त पेनाल्टीमा अन्जन विष्टले गोल गरे । पहिलो हाफमा मनाङले १-० को अग्रता लिएको थियो ।

दोस्रो हाफको सुरुवातमै एपीएफले बराबरी गर्ने मौका गुमायो । ५० औं मिनेटमा श्याम नेपालीको क्रसमा राजन गुरुङको हेडर पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । ८२ औं मिनेटमा डोना थापाको क्रसमा आडिलेजे सोमिडेले हेडरलाई पोस्टको दिशा दिन सकेनन् । इन्ज्युरी समयको पहिलो मिनेटमा डोना थापाको प्रहारलाई दोस्रो हाफमा मैदान छिरेका गोलरक्षक अमृत चौधरीले सुन्दर बचाउ गरे ।

यस जितसँगै मनाङले लिगमा शत प्रतिशत जितको रेकर्डलाई कायम राखेको छ । मनाङ ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा २ अंकको अग्रता कायम गर्न सफल भएको छ । दोस्रो स्थानको आर्मीले ४ खेलमा १० अंक जोडेको छ । तेस्रो स्थानको रुस्लान थ्री स्टारको ९ अंक छ । एपीएफ भने ४ खेलमा ४ अंक जोड्दै लिग तालिकाको नवौं स्थानमा छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.