7 years ago
November 28, 2018
म्युनिख (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले शानदार जित निकालेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नले पोर्चुगिज क्लब बेन्फिकामाथि ५–१ को शानदार जित निकालेको हो ।

बयर्नको फराकिलो जितमा आर्जेन रोवेन र रोवर्ट लेवान्डोस्कीले समान २ गोल गर्दा फ्रान्क रिवेरीले एक गोल थपे । बेन्फिकाका जेड्सन फर्नान्डिजले एक गोल फर्काए ।
घरेलु मैदान अालिअान्ज एरिनामा एकपक्षीय बनेको खेलमा बायर्नले खेलको १३औं मिनेटमा आर्जेन रोवेनको गोलबाट अग्रता बनाएको थियो । ३०औं मिनेटमा रोवेनले अर्काे गोल थप्दै अग्रता दोब्बर पारेको थियो । ३६औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले जासुवा किम्मिचको पासमा गोल गरेपछि बायर्नले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाएको थियो ।
दोस्रो हाफको शुरुमै बेन्फिाकाका जेड्सन फर्नान्डिजले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएको थियो । तर, एक गोल खाएपनि बायर्नले थप दुई गोल गर्न सफल भयो । ५१औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि खेल ४–१ को अवस्थामा पुर्याए । ७६औं मिनेटमा फ्रान्क रिवेरीको गोल गरेपछि बायर्नले बेन्फिकामाथि ५–१ को शानदार जित निकाल्यो ।
जितपछि बायर्न समूह ‘ई’ को विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बायर्नले ५ खेलबाट १३ अंक जोड्दै समूह विजेता बनेको हो । बायर्नसँगको हारसँगै बेन्फिका समूह चरणबाटै बाहिरिएको छ ।
यही समूहको अर्काे खेलमा आयाक्सले एइके एथेन्सलाई २–० ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]