default_image

6 years ago

November 28, 2018

रोमाविरुद्ध लोरेन्टेको करिअर बदल्ने प्रदर्शन

70 views

0 Bookmark

एजेन्सी – रियलका प्रशिक्षक प्रशिक्षक सान्टियागो सोलारीले च्याम्पियन्स लिगमा गएराती रोमाविरुद्ध आश्चर्यजनक निर्णय लिए । उनले युवा मार्कोस लोरेन्टेलाई सुरुवाती रोजाइमा खेलाउने जोखिम लिए ।

ब्राजिलियन मिडफिल्डर क्यासेमिरो घाइते भएपछि प्रशिक्षक सोलारी दबाबमा थिए । उनले २३ वर्षीय लोरेन्टेलाई सुरुवाती रोजाइमा उतार्दै जारी सिजनको तेस्रो मौका दिए । यसअघि लोरेन्टेले मेलिलाविरुद्ध कोपा डेल रेमा खेलेका थिए भने लिगअन्तर्गत एस्पान्योलविरुद्ध भने ११ मिनेट मात्र मैदानमा बिताएका थिए । यसका बाबजुद पनि खेल अवधिभर लोरेन्टेले राम्रो प्रदर्शन गरे ।

लोरेन्टे खेलमा मौका नपाउँदा पनि आफुलाई हरदम तयार राखेको प्रष्ट हुन्थ्यो । उनले मौकाको सदुपयोग गर्दै आफ्नो खेल जीवन नै परिवर्तन हुने प्रदर्शन रोमाविरुद्ध गरे । ट्रान्सफर विन्डोमा स्पेनका अन्य क्लबले उनलाई आफ्नो प्रमुख रोजाइमा राखेका थिए । तर यस प्रदर्शनले रियललाई उनलाई क्लबमा नै राख्न बाध्य बनाएको छ ।

खेलमा लोरेन्टेले ९१.१ प्रतिशत पासलाई सफलतापूर्वक आफ्नो सहकर्मीसम्म पुर्याएका थिए । जुन मोड्रीचले गरेको प्रदर्शनभन्दा पनि उत्कृष्ट रहयो । उनको प्रदर्शनलाई लिएर गोलकर्ता लुकास भाज्केज पनि निकै खुसी देखिए । ‘ लोरेन्टेले साच्चै नै राम्रो प्रदर्शन गरे । यो खेल हाम्रो लागि सहज थिएन । उनले आफ्नो क्षमतालाई खेलमा देखाएर राम्रो संकेत दिएका छन्,’उनले भने ।

भाज्केजले रोमाविरुद्धको खेल रियलको लागि समग्रमा निकै महत्त्वपूर्ण रहेको बताए । ‘रोमाले निकै कडा चुनौती दियो । खेल निकै प्रतिस्पर्धात्मक थियो र हाम्रो पहिलो गोल नै खेलको टर्नीङ पोइन्ट बन्यो,’ उनले थपे, ‘एइबारविरुद्ध पराजयपछि हामीले जित हासिल गर्नु जरुरि थियो । हामीले आक्रमण र डिफेन्समा नै राम्रो प्रदर्शन गर्न सक्यौं ।’

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

December 15, 2024

रियल म्याड्रिड रोकियो

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ ।‌ बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]

Success

Thank you for your time.