7 years ago
November 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा शेर्पाले मछिन्द्र क्लबलाई २-० ले पराजित गर्यो ।
शेर्पाका लागि आशिष गुरुङले २१अाैं मिनेटमा अग्रता दिलाएका थिए । गाेहा प्याट्रिक प्रिभटकाे कर्नरमा अाशिषले हेडरमार्फत गाेल गरेका थिए । त्यसअघि १७ अाैं मिनेटमा मच्छिन्द्रका अलवा एडिमाेलाले वा भर्सेस वनमा गाेल गर्न सकेनन् । उनको प्रहारलाई शेर्पाका गाेलरक्षक किशाेर गिरीबाट बचाएका थिए ।
शेर्पाले अग्रता लिएको दोस्रो मिनेटमै अग्रता दोब्बर पार्ने अवसर गुमायो । विश्वास श्रेष्ठकाे पासमा कर्ण लिम्बूकाे प्रहार दाेस्राे बारबाट थोरै बाहिरिएको थियो । २७अाैं मिनेटमा नै कर्णकाे फितलाे प्रहार गोलको दिशा लिन सकेन । पहिलो हाफमा शेर्पा १-० ले अगाडी रहेको थियो ।
दोस्रो हाफको सुरुवातमै मछिन्द्रले बराबरी गर्ने अवसर पायो । ५४ औं मिनेटमा खामिर गिल्सनले अजित गुरुङको पासमा गोल गरेपनि रेफ्रीले त्यसलाई अफसाइड दिंदै मान्यता दिएनन् । शेर्पाका लागि ७४ अाैं मिनेटमा गाेहाकाे प्रहारले पोस्टको दिशा लिन सकेन । ७३ औं मिनेटमा अलरीच सिवेको पासमा गाेहाकाे हेडर फेरी बाहिर गयो ।
८२ अाैं मिनेटमा विसन गुरुङकाे क्रस पासमा निरज बस्नेतकाे हेडर पनि पोस्टभन्दा थोरै बाहिर गएको थियो । अन्तत: ८९ औं मिनेटमा कर्ण लिम्बूले गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे । कर्णले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा फ्लिक हेडरमार्फत गोल गर्दै जारी लिगको व्यक्तिगत तेस्रो गोल गरे ।
यस जितसँगै शेर्पा अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । शेर्पाले ४ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक जोडेको छ । पराजित मछिन्द्र भने ४ खेलमा २ बराबरी र २ हारसँगै २ अंक जोडेको छ । लिगको शीर्ष स्थानमा रहेको मनाङको १२ अंक छ भने आर्मी शेर्पा समान १० अंक जोड्दै गोलअन्तरको आधारमा तेस्रो स्थानमा छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]