default_image

7 years ago

November 28, 2018

एपीएफलाई प्रधानसेनापति कपको उपाधि

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – निकै प्रतिस्पर्धात्मक फाइनलमा विभागीय टोली अार्मीलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै साविक विजेता एपीएफले प्रधानसेनापति कपको उपाधि जितेको छ । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा कुनै गोल हुन सकेन ‌।

एपीएफले पहिलो हाफमा अनिता बस्नेतको गोलमा अग्रता लिएको थियो । उनले सरु लिम्बूको पासमा ४१ अौं मिनेटमा सुरुवाती गोल गरेकी थिइन् । पहिलो हाफमा एपीएफले पोस्टमा लगातार अाक्रमण गरेपनि अार्मीकी गोलरक्षक अन्जना रानामगर बाधक बनिन् ।

दोस्रो हाफमा एपीएफले पहिलो हाफको प्रदर्शनलाई निरन्तरता दिन सकेन । अार्मी काउन्टर अट्याकमा विमला चौधरीको गोलसँगै खेलमा फर्कियो । उनले ६१ अौं मिनेटमा पेनाल्टी क्षेत्रभित्रबाट सहजै गोल गरिन् । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि २० मिनेट समय थपिएको थियो ।

अतिरिक्त समयको दोस्रो हाफको सातौं मिनेटमा एपीएफकी सावित्रा भण्डारीले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारमा गोलरक्षक बिट भएपनि पुनम जर्घा मगरले गोललाइनबाट क्लियर गर्दै खेल बराबरीमा कायम राखिन् ।

एपीएफका लागि सावित्रा भण्डारी, रेनुका नगरकोटे, अनिता बस्नेत र अनु लामा प्रहार गोल भएको थियो । गीता रानाको प्रहार बाहिरियो । अार्मीका लागि अन्जना रानामगर र निशा बोहोराले गोल गर्दा कप्तान कृष्णा खत्री र इन्दिरा राई चुके ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.