default_image

7 years ago

November 29, 2018

फिफा वरियतामा नेपाल खस्कियो

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबल महासंघ (फिफा) ले बिहिबार डिसेम्बर महिनाको लागि निकालेको नयाँ वरीयतामा नेपाल १ सय ६२ औं स्थानमा रहेको छ । अघिल्लो महिनाको तुलनामा नेपाल एक स्थान तल झरेको हो ।

दक्षिण एसियाली राष्ट्रहरुमा भने नेपाल तेस्रो स्थानमा यथावत छ । वरियतामा दक्षिण एसियाली राष्ट्रहरु भारत र माल्दिभ्स नेपाल भन्दा अघि छन् । भारत ९७औं तथा माल्दिभ्स १ सय ५२औं स्थानमा छ । भारतको वरियता यथास्थानमा रहँदा माल्दिभ्स एक स्थान तल झरेका हो ।

भुटान दुई स्थान माथि उक्लदै १८६ औं स्थानमा आएको छ । दुई स्थान सुधार गरेको बंगलादेश १९२औं स्थानमा आइपुगेको छ । पाकिस्तान १९९औं र श्रीलंका २०१औं स्थानमा यथावत छन् ।

नयाँ वरीयताको शीर्ष पाँचसम्म कुनै परिवर्तन भएको छैन । शीर्षस्थानमा बेल्जियम यथावत छ भने विश्वविजेता  फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो र इंग्ल्यान्ड पाँचौ स्थानमा छन् । पोर्चुगलले एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लँदा उरुग्वे एक स्थान तल झरेको छ । स्वीट्जरल्याण्ड आठौं, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा यथावतै छन् ।

अर्जेन्टिनाले एक स्थान सुधार गर्दै ११औं स्थानमा उक्लँदा कोलम्विया १२औं स्थानमा धकेलिएको छ । जर्मनी भने खराब प्रदर्शनका कारण दुई स्थान तल झर्दै १६औं स्थानमा पुगेको छ । एसियाली राष्ट्रमध्ये इरान एक स्थान माथि चढ्दै २९ औं स्थानमा छ भने अष्ट्रेलियाले पनि एक स्थान सुधार्दै ४१ मा पुगेको छ ।

सुडानले सर्वाधिक ठूलो छलाङ मार्दै ८ स्थान माथि १ सय २७ तथा मोरोक्को ७ स्थान माथि ४० औं स्थानमा आइपुगेको छ । फिफा विश्वकप आयोजक राष्ट्र रुस ७ स्थान तल झर्दै ४८ औं स्थानमा आइपुगेको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.