default_image

7 years ago

November 29, 2018

पाँचौ चरण भोलिदेखि : अपराजित आर्मी र शेर्पा आइतबार भिड्ने

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत पाँचौ चरणको खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन् । चौथो चरणको खेलसम्म मनाङ मर्स्याङदी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

मनाङले ४ खेलमा शत प्रतिशत जित दर्ता गर्दै १२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको आर्मीको ४ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक छ । शेर्पा पनि ४ खेलमा १० अंक जोड्दै गोलअन्तरको आधारमा तेस्रो स्थानमा छ । रुस्लान थ्री स्टार र संकटाको ४ खेलमा ३ जितसहित ९ अंक रहेको छ ।

पुलिस ३ खेलमा ७ अंक जोड्दै छैटौंमा छ भने लगातार दुई जित दर्ता गरेको सरस्वती ६ अंक जोड्दै सातौं स्थानमा छ । ४ अंक जोडेको च्यासल आठौं र एपीएफ नवौं स्थानमा छ । ब्रिगेड ब्वाइज ३ अंक जोड्दै शीर्ष १० मा अटाएको छ । मछिन्द्र ४ खेलमा २ अंक जोड्दै एघारौं स्थानमा छ । पुछारका तीन टोलीको १ अंक मात्र छ । जावलाखेल, फ्रेन्ड्स र एनआरटी क्रमश: १२ औं, १३ औं र १४ औं स्थानमा रहेका छन् ।

पाँचौ चरणमा अपराजित नतिजा बोक्दै दोस्रो र तेस्रो स्थानमा रहेका आर्मी र शेर्पाको खेल हुँदैछ । आइतबार दिउँसो २:३० बजे एन्फा कम्प्लेक्समा हुने खेलले शीर्ष स्थानमा मनाङको अग्रता बढ्ने अवसर पनि हुनेछ । यसका लागि मनाङले शनिबार सरस्वतीलाई पराजित गर्नुपर्नेछ । यदि मनाङले जित हासिल गर्न नसके, अंक तालिकामा नयाँ टोली शीर्षस्थानमा आउने सम्भावना रहनेछ ।

पाँचौ चरणको खेल तालिका :

मंसिर १४ : एनआरटी विरुद्ध पुलिस – ११:०० – एन्फा कम्प्लेक्स

मंसिर १४ : रुस्लान थ्री स्टार विरुद्ध एपीएफ – २:३० – एन्फा कम्प्लेक्स

मंसिर १५ : संकटा विरुद्ध च्यासल – ११:०० – हल्चोक

मंसिर १५ : मनाङ विरुद्ध सरस्वती – २:३० – हल्चोक

मंसिर १६ : मछिन्द्र विरुद्ध फ्रेन्ड्स – ११:०० – एन्फा कम्प्लेक्स

मंसिर १६ : आर्मी विरुद्ध शेर्पा – २:३० – एन्फा कम्प्लेक्स

मंसिर १६ : ब्रिगेड ब्वाइज विरुद्ध जावलाखेल – २:३० – हल्चोक

अंक तालिका :

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.