7 years ago
December 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टिसी स्पोर्ट्स क्लबले माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेको छ । लिग उपाधिसँगै किरण प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक पनि चुनिए ।

किरणको टोलीले लिगको १६ खेलमा १३ जित, १ बराबर र २ हारसहित ४० अंक जोड्दै लिग उपाधिमाथि कब्जा जमाएको हो । अन्तिम चरणको खेलसम्म पनि दोस्रो स्थानको माजियाले टिसीलाई चुनौती दिएको थियो । अन्तिम चरणको खेलमा माजिया र न्यु रेडीयन्टले ४-४ को बराबरी खेलेपछि टिसी आफ्नो अन्तिम खेल अगाडी नै विजेता हुने पक्का भएको थियो । माजियाले १६ खेलमा ३८ अंक जोड्दा टिसीले ४० अंक जोड्दै उपाधि जित्यो ।
टिसी स्पोर्ट्सले अन्तिम खेलमा क्लब इगल्ससँग ४-४ को बराबरीमा रोकियो । यो लिगमा टिसीको पहिलो बराबरी थियो । लिगको अघिल्लो खेलमा माजियासँग ४-२ ले पराजित भएपछि टिसीको उपाधि दावेदारिता कमजोर भएको थियो । तर माजियाले न्यु रेडीयन्टलाई हराउन नसकेपछि टिसीले अन्तिम खेल अगावै उपाधिमा कब्जा गरेको हो ।

किरणको टोलीले लिग अवधिभर खेलेका १६ खेल मध्य ११ खेलमा क्लिन सिट राख्न सफल भएका थिए । उनले जम्मा ५ खेलमा मात्र गोल खाए । पराजित भएको दुई खेलमा माजियासँग ४-२ र गरिन स्ट्रिटसँग २-१ ले पराजित टोलीले अन्य खेलमा ५-१ र ६-१ को जित र ४-४ को बराबरीमा गोल खाएको हो । किरणले यसै प्रदर्शनलाई आधार मानेर सर्वोत्कृष्ट गोलरक्षकको उपाधि पनि हात पारे ।
किरणले गतवर्ष मिन्नरेभा पन्जाबबाट खेल्दै भारतको आई-लिग उपाधि पनि जितेका थिए । नेपालमा हुँदा रुस्लान थ्री स्टारबाट राष्ट्रिय लिग जितेपछि विदेश लागेका किरणले टिसी स्पोर्ट्सबाटै दुई वर्षअघि बंगलादेशमा सम्पन्न शेख कमल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि पनि जितेका थिए । किरणले राष्ट्रिय टोलीलाई एएफसी सोलिडारिटी कप जिताउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सोलिडारिटी कपमा लाओसविरुद्ध ३ पेनाल्टी विफल पार्दै नेपाललाई फाइनल पुर्याएका किरणले लगातार सफलता हात पारिरहेका छन् । उनले यसै वर्ष सम्पन्न ओलम्पिक छनोटमा पनि जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा टोलीको कप्तानी समेत गरेका किरणको प्रदर्शन प्रभावशालि रहँदै आएको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]