default_image

7 years ago

December 2, 2018

लिगमा आज ३ खेल हुने, अपराजित आर्मी र शेर्पा भिड्दै

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार अपराजित टोली हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुँदैछन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा २:३० बजे हुनेछ ।

आर्मीले लिगको पहिलो खेलमा न्यू रोड टिम (एनआरटी) सँग २-२ को बराबरी खेलेको थियो । त्यसयता आर्मीले लगातार जित हासिल गर्दै आएको छ । लिगको ४ खेलमा आर्मीले १० अंक जोडेको छ । पछिल्लो दुई खेलमा आर्मीका लागि टेकबहादुर बुढाथोकीले उत्कृष्ट प्रदर्शन गरेका छन् । फरवार्ड नवयुग श्रेष्ठ चोटका कारण अनुपस्थित रहँदा टेकबहादुरले मिडफिल्डबाट नै गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । शेर्पाविरुद्ध नवयुग खेल्ने सम्भावना रहेको छ ।

यता शेर्पाले पनि पहिलो खेलमा एपीएफविरुद्ध गोलरहित बराबरीमा रोकिएपछि लगातार जित दर्ता गर्दै आइरहेको छ । शेर्पाले पनि ४ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक जोडेको छ । शेर्पाको जितमा फरवार्ड कर्ण लिम्बू नायक बन्दै आएका छन् । घरेलु फुटबलमा बेग्लै पहिचान बनाएका कर्णले पछिल्ला दुवै खेलमा गोल गरेका छन् । शेर्पाले आर्मीविरुद्ध पनि आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने हो भने उनको भूमिका महत्त्वपूर्ण हुनेछ ।

यस खेलमा जित हात पार्ने टोलीले शीर्षस्थानमा रहेको मनाङसँगको अंक दुरी २ अंकमा छोट्याउने छ । खेल बराबरी भएको खण्डमा भने दुवै टोली ४ अंकले पछाडी रहनेछन् । यससँगै मनाङले पनि ३ अंकको अग्रता कायम राख्नेछ ।

एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा भने मछिन्द्र र फ्रेन्ड्स पहिलो जितको खोजीमा हुनेछन् । दुवै टोलीले हालसम्म लिगमा जित दर्ता गर्न सकेका छैनन् । फ्रेन्ड्सले पछिल्लो खेलमा जावलाखेलसँग ३-३ को बराबरी खेल्दै अंकको खाता खोलेको थियो भने मछिन्द्रले सुरुवाती दुई खेलमा गोलरहित बराबरी खेल्दै २ अंक जोडेको छ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

हल्चोक रंगशालामा हुने एकमात्र खेलमा ब्रिगेड ब्वाइज क्लबले जावलाखेल युवा क्लबविरुद्ध खेल्नेछ । जावलाखेल लिगको पहिलो जितको खोजीमा छ । पछिल्लो खेलमा फ्रेन्ड्सविरुद्ध ३-३ को बराबरीमा जावलाखेलले पहिलो अंक जोडेको थियो । यता ब्रिगेड ब्वाइज पनि एपीएफलाई पराजित गरेको ३ अंकमा नै सिमित छ । त्यसयता टोलीले कुनै अंक जोडेको छैन ।

आजको खेल :

मंसिर १६ : मछिन्द्र विरुद्ध फ्रेन्ड्स – ११:०० – एन्फा कम्प्लेक्स

मंसिर १६ : आर्मी विरुद्ध शेर्पा – २:३० – एन्फा कम्प्लेक्स

मंसिर १६ : ब्रिगेड ब्वाइज विरुद्ध जावलाखेल – २:३० – हल्चोक

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.