default_image

7 years ago

December 3, 2018

मोड्रीचले मेसी र रोनाल्डोको वर्चस्व तोड्ने अपेक्षा

240 views

0 Bookmark

एजेन्सी – क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले सोमबार राती हुने ब्यलोन डी’ओर को उपाधि जित्ने आँकलन गरिएको छ । उनलाई फ्रान्सका विश्वकप विजेता टोलीका केहि खेलाडीले चुनौती दिने अपेक्षा गरिएको छ ।

पछिल्लो दश वर्ष क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले यस उपाधिमा अधिपत्य जमाउँदै आएका थिए । दुवै खेलाडीले समान ५-५ पटक आफ्नो नाम उपाधि गरे । यसपटक भने विजेताको नाम घोषणा गर्दा यी दुईबाहेक कुनै अर्को नाम आउने धेरैले आँकलन गरेका छन् ।

रोनाल्डोले रियल म्याड्रिडबाट खेल्दै च्याम्पियन्स लिग उपाधि जिते भने मेसीले पनि बार्सिलोनाको सफलतामा साथ दिए । तर रुसमा सम्पन्न विश्वकपमा दुवै खेलाडीले फितलो प्रदर्शन गरे र नतिजा पोर्चुगल र अर्जेन्टिना कप्तानको भूमिकामा रहेका यी दुई खेलाडी ब्यालोन डी’ओर को प्रतिस्पर्धामा पछाडी परे । विश्वकपको प्रदर्शन उपाधिको छिनोफानो गर्न निकै महत्त्वपूर्ण कडी सावित हुँदै आएको छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनो आफैंले पनि विश्वकप विजेता टोलीले उपाधि जित्नुपर्ने बताएका छन् । विश्वकप जित्ने टोलीका ६ खेलाडी यसपटक मनोनयनमा परेका ३० खेलाडीको सुचिमा अटाएका छन् । उपाधिको आयोजना फ्रान्स फुटबल पत्रिकाले गर्ने भएपनि मतदान भने विश्वभरका १ सय ८० पत्रकारले गर्ने प्रावधान रहेको छ ।

फ्रान्सेली टोलीबाट पेरिस सेन्ट जर्मेनका युवा फरवार्ड किलियन एमबाप्पे, एटलेटिको म्याड्रिडका एन्टोइन ग्रिज्मन, रियलका राफेल भारानसँगै प्रिमियर लिगमा खेल्दै आएका ह्युगो लोरिस, पल पोग्बा र एनगोलो कान्टे रहेका छन् । पछिल्लोपटक उपाधि जित्ने फ्रान्सेली खेलाडीमा जिनेदिन जिदान रहेका छन् । उनले सन् १९९८ मा फ्रान्सलाई घरेलु मैदानमा विश्वकप उपाधि दिलाएपछि सो उपाधि हात पारेका थिए ।

यसका बाबजुद मोड्रीच नै उपाधिको बलियो दावेदारको रुपमा अगाडी आएका छन् । मोड्रीचले विश्वकपमा क्रोएसियाला फाइनलसम्म पुर्याउन प्रभावशाली प्रदर्शन गरेका थिए । फ्रान्ससँग फाइनलमा पराजित भएपनि उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

३३ वर्षीय मोड्रीचले गत वर्ष क्लब फुटबलमा पनि प्रचुर सफलता हात पारे । रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा मोड्रीचको प्रदर्शन निकै महत्त्वपूर्ण रहेको थियो । पछिल्लो दुई वर्ष च्याम्पियन्स लिग विजेताको हकमा रोनाल्डोले ब्यालोन डी’ओर उपाधि हत्याएका थिए । यसपटका मोड्रीचले सो सफलता हात पार्न विश्वकपको प्रदर्शनले पनि बलियो साथ दिने देखिएको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.