default_image

6 years ago

December 4, 2018

मोड्रिचले जिते ब्यालोन डि’अोर २०१८ उपाधि

53 views

0 Bookmark

पेरिस (एजेन्सी)– क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले सन् २०१८ को ब्यालोन डी’ ओर उपाधि जितेका छन् । पेरिसमा भएको कार्यक्रममा मुख्य दाबेदार मध्येका एकका रुपमा हेरिएका मोड्रिचले खेल जीवनमा पहिलो पटक यो उपाधि जितेका हुन् ।

पछिल्लो दश वर्ष क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले यो अवार्ड जित्दै आएका थिए । रोनाल्डो र मेसी दुवैले समान ५ पटक अवार्ड आफ्नो नाममा पारेका थिए । यसपटक भने मोड्रिचले दुवै खेलाडीको चुनौती पन्छाउँदै उपाधि हात पारेका हुन् । विश्वकप विजेता फ्रान्सका खेलाडीहरु पनि उपाधिको दाबेदारका रुपमा रहेका थिए ।

युभेन्टसका रोनाल्डोले दोस्रो स्थान प्राप्त गर्दा एट्लेटिको म्याड्रिड फरवार्ड एन्टोइन ग्रिजमन तेस्रो स्थानमा रहे । पेरिस सेन्ट जर्मनका युवा स्टार किलियन एमबाप्पेले चौथो स्थान प्राप्त गरे । उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिएको कोपा ट्रफी भने एमबाप्पेले हात पारे ।

बार्सिलोना कप्तान मेसी पाँचौ स्थानमा रहँदा लिभरपुलका मोहमद सलाहले छैटौं स्थान प्राप्त गरे । सातौंमा रियलका राफेल भारान र आठौंमा चेल्सीका इडेन हाजार्ड रहे । म्यानचेस्टर सिटीका केभिन डि ब्रुएन नवौं र टोटेनह्यामका ह्यारी केनले दशौं स्थान हासिल गरे । नेयमार शीर्ष दशमा पनि नपर्दा १२ औं स्थानमा रहे ।

रोनाल्डोले रियलबाट खेल्दै च्याम्पियन्स लिग उपाधि जिते भने बार्सिलोनाको सफलतामा मेसीको भूमिका महत्वपूर्ण रह्यो । तर रुसमा सम्पन्न विश्व कपमा रोनाल्डो र मेसी दुवैले फितलो प्रदर्शन गरेका थिए । जसका कारण पोर्चुगलका कप्तान रोनाल्डो र अर्जेन्टिना कप्तान मेसी ब्यालोन डीुओर को प्रतिस्पर्धामा पछाडी परे । विश्वकपको प्रदर्शन उपाधिको छिनोफानो गर्न निकै महत्त्वपूर्ण रहँदै आएको छ ।

फ्रान्सेली टोलीबाट पेरिस सेन्ट जर्मेनका युवा फरवार्ड किलियन एमबाप्पे, एटलेटिको म्याड्रिडका एन्टोइन ग्रिज्मन, रियलका राफेल भारानसँगै प्रिमियर लिगमा खेल्दै आएका ह्युगो लोरिस, पल पोग्बा र एनगोलो कान्टे रहेका छन् ।

पछिल्लोपटक उपाधि जित्ने फ्रान्सेली खेलाडीमा जिनेदिन जिदान रहेका हुन् । उनले सन् १९९८ मा फ्रान्सलाई घरेलु मैदानमा विश्वकप उपाधि दिलाएपछि सो उपाधि हात पारेका थिए ।

मोड्रिचले विश्वकपमा क्रोएसियाला फाइनलसम्म पुर्याउन प्रभावशाली प्रदर्शन गरेका थिए । फ्रान्ससँग फाइनलमा पराजित भएपनि उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

३३ वर्षीय मोड्रिचले गत वर्ष क्लब फुटबलमा पनि उल्लेख्य सफलता हात पारे । रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा मोड्रिचको प्रदर्शन निकै महत्त्वपूर्ण रहेको थियो ।

पछिल्लो दुई वर्ष च्याम्पियन्स लिग विजेताको हकमा रोनाल्डोले ब्यालोन डीुओर उपाधि हात पारेका थिए । मोड्रिचले अवार्ड मुख्यतः विश्व कपमा उनले गरेको प्रदर्शननै सबैभन्दा महत्वपूर्ण रह्यो ।

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

Success

Thank you for your time.