default_image

7 years ago

December 4, 2018

एपीएफको दोस्रो जित, एनआरटी अझै जितविहिन

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबारको पहिलो खेलमा नेपाल एपीएफ क्लबले न्यू रोड टिम (एनआरटी) लाई २-१ ले पराजित गरेको छ । एपीएफको जितमा म्यान अफ द म्याच युवराज खड्का र सुदिप सिख्राकारले १-१ गोल गरे ।

एपीएफले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । दायाँ विङबाट श्याम नेपालीले दिएको लो क्रसलाई पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका युवराजले सहजै गोल गरे । एपीएफको अग्रता लामो समय भने टिकेन । १५ औं मिनेटमा राजेश परियारले बराबरी गोल फर्काए । कप्तान प्रवीन सैंजुले दिएको लामो पासलाई उनले पहिलो टचमा नै गोलरक्षकलाई बिट गर्दै गोल गरेका थिए ।

राजेश परियार (एनआरटी, हरियो) र राजन गुरुङ

दोस्रो हाफमा दुवै टोलीले सुरुवाती मिनेटमा अवार गुमाए । राजेशको प्रहारलाई एपीएफको गोलरक्षक अमृत चौधरीले सहजै रोक्दा एपीएफका युवराज खड्काको शक्तिशाली प्रहारलाई गोलरक्षक अजित प्रजापतिले उत्कृष्ट ढंगले बचाए । एपीएफले ७२ औं मिनेटमा पेनाल्टीको मौका पायो । वैकल्पिक खेलाडी असिम गुरुङले पेनाल्टी क्षेत्रभित्र युवराज खड्कालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । सुदीप सिख्राकारले पेनाल्टीमा कुनै गल्ती एपीएफले अग्रता दिलाए ।

सुशील लामा (एनआरटी, हरियो) र श्याम नेपाली (एपीएफ)

यस जितसँगै एपीएफले अंक तालिकामा ६ खेलमा २ जित, १ बराबरी र ३ हारसँगै ७ अंक जोडेको छ । एनआरटी भने लगातार पाँचौ हारसँगै १ अंक बोकेर अंक तालिकाको पुछारमा रहेको छ ।

गोल गरेपछि एपीएफका खेलाडी

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.