default_image

7 years ago

December 4, 2018

माल्दिभ्समा उत्कृष्ट गोलकिपर चुनिएका किरण घर फर्कदै

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– व्यावसायिक खेल जीवनमा सफलताको एकपछि अर्को सिढी चडिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर एक गोलकिपर किरण चेम्जोङ बुधबार स्वदेश आइपुग्दैछन् ।

टिसी स्पोर्टस क्लबलाई माल्दिभ्सको फुटबलको शीर्ष डिभिजन धिवेही प्रिमियर लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलका किरण त्यसपछि स्वदेश फर्कन लागेका हुन् ।

५ दिनअघि सकिएको माल्दिभ्स लिगमा किरण उत्कृष्ट गोलकिपर समेत चुनिए थिए । उनी दुई महिनाभन्दा केहि लामो समयपछि स्वदेश फर्कन लागेका हुन् ।

‘लिग जित्नु अनि आफु उत्कृष्ट गोलकिपर चुनिनु मेरो लागि सुनमा सुगन्ध हो,’ किरणले हाम्रो खेलकुदसँग भने,‘ यसले आउने दिनमा अझै राम्रो गर्ने प्रेरणा मिलेको छ । मैले खेल जीवनकै उत्कृष्ट प्रदर्शन यो सिजन गरेको छु ।’

किरणको टोलीले लिगको १६ खेलमा १३ जित, १ बराबर र २ हारसहित ४० अंक जोड्दै लिग उपाधि जितेको थियो । किरणको टोलीले लिग अवधिभर खेलेका १६ खेल मध्य ११ खेलमा क्लिन सिट राख्न सफल भएका थिए । उनले जम्मा ५ खेलमा मात्र गोल खाए । किरणले यसै प्रदर्शनलाई आधार मानेर सर्वोत्कृष्ट गोलरक्षकको उपाधि पनि हात पारे ।

किरण गतवर्ष मिन्नरेभा पन्जाबबाट खेल्दै भारतको आई-लिग उपाधि पनि जितेका थिए । नेपालमा हुँदा रुस्लान थ्री स्टारबाट राष्ट्रिय लिग जितेपछि विदेश लागेका किरणले टिसी स्पोर्टसबाटै वर्षअघि बंगलादेशमा सम्पन्न शेख कमल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि पनि जितेका थिए ।

सन् २०१६ किरणले राष्ट्रिय टोलीलाई एएफसी सोलिडारिटी कप जिताउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले सेमिफाइनलमा ३ पेनाल्टी रोकेपछि लाअोसलाई टाइब्रेकरमा ३-० ले पराजित गर्दै नेपाल फाइनल पुगेको थियो । नेपालले फाइनलमा मकाउलाई १-० ले हराउँदै उपाधि जितेको थियो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.