7 years ago
December 5, 2018
वाटफोर्ड (एजेन्सी) – शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । प्रिमियर लिग अन्तरगत मंगलबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वाटफोर्डलाई २–१ ले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेका हुन् ।
यससँगै सिटीले आफ्नो अपराजित यात्रालाई १५औं खेलसम्म लम्ब्याएको छ । जसमध्ये सिटीले १३ खेलमा जित र २ खेलमा बराबरी खेलेको छ । सिटीको ४१ अंक छ ।
वाटफोर्डको घरेलु मैदानमा भएको खेलमा सिटीले खेलको ४०औं मिनेटमा लिरोए सानेको गोलबाट अग्रता बनाएको थियो । उनले रियाद महारेजको पासलाई सदुपयोग गरेका थिए । ५१औं मिनेटमा रियाद महारेजले गोल गरेपछि सिटीले खेलमा २–० को अग्रता बनाएको थियो । रियादले गाब्रियल जेससको पासलाई गोलमा परिणत गरेका थिए ।
८५औं मिनेटमा एबिडौलाय डाउकुरेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा खेल सिटीले २–१ ले आफ्नो पक्षमा पा¥यो । जितपछि सिटीले दोस्रो स्थानको लिभरपुलसँग ५ अंकको अग्रता बनाएको छ । हारपछि वाटफोर्ड १५ खेलबाट २० अंक जोडेर ११औं स्थानमा छ ।
प्रिमियर लिगका अन्य खेलमा १० खेलाडीमा समेटिएको ब्राइटन होभ अल्वियोनले क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित ग¥यो । ब्राइटनका ग्लेन मुरे, लियोन बालोगन र फ्लोरिन एन्डनले गोल गरे ।
क्रिस्टलका लुका मिलिभोजेभिकले सान्तवाना गोल फर्काए । ब्राइटनका सेन डफी २८औं मिनेटमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । जितपछि ब्राइटन २१ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित क्रिस्टल प्यालेस १२ अंक जोडेर १५औं स्थानमा छ ।
लिगकै अर्काे खेलमा वेस्टह्याम युनाइटेडले कार्डिफ सिटीलाई ३–१ ले पराजित ग¥यो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]