7 years ago
December 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एक गोलले पछाडी पारेको स्थितिलाई उल्टाउँदै रुस्लान थ्री स्टारले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सरस्वती युवा क्लबलाई २-१ ले पराजित गरेको छ । थ्री स्टारको जितमा निराजन खड्का र रञ्जित धिमालले १-१ गोल गरे ।

सरस्वतीले तेस्रो मिनेटमा नै पेनाल्टीमार्फत अग्रता लिएको थियो । फ्रान्सिस ओनेमाको प्रहार पेनाल्टी क्षेत्रभित्र पिटर सगुनको हातमा लाग्दा रेफ्रीले पेनाल्टी दिएका थिए । भिक्टर अमोबीले पेनाल्टीलाई गोलमा परिणत गर्दै १-० को अग्रता दिलाए ।
थ्री स्टारले १६ औं मिनेटमा नै गोल फर्कायो । अनिल गुरुङको प्रहार सरस्वतीको डिफेन्डरको हातमा लागेपछि थ्री स्टारले बराबरीको मौका पाएको थियो । रञ्जित धिमालले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

२८ अौं मिनेटमा मनीष थापाले झण्डै ३० यार्डमा टाढाबाट गरेको प्रहार क्रसबारको माथिल्लो भागमा लागेर बाहिरिँदा सरस्वती अभागी सावित भयो । ३५ अौं मिनेटमा थ्री स्टारले अग्रता लियो । रन्जन विष्टले दायाँ विङबाट दिएको लो क्रसमा निराजन खड्काले ६ यार्ड बक्सभित्र डाइभिङ हेडरमा गोल गरे ।
दोस्रो हाफमा दुवै टोलीले केहि अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न भने सकेनन् । ७५ औं मिनेटमा तिर्थ बस्नेतले अफसाइड ट्रयाप बिट गर्दै लागेको बलमा पिटर सगुनले ६ यार्ड बक्सनजिक उत्कृष्ट स्लाइड ट्याकल गर्दा सरस्वतीले बराबरी गर्ने मौका गुमाएको थियो । मिक्छेन तामाङले ८० औं मिनेटमा गरेको प्रहार प्रदीप भण्डारीले उत्कृष्ट बचाउ गरे ।

इन्ज्युरी समयमा थ्री स्टारले दुई सुवर्ण अवसर गुमायो । पहिलो मिनेटमा सुनील बलको शक्तिशाली प्रहार क्रसबारको भित्रि भागमा लागेर फर्कंदा रिबाउन्डमा अनिल गुरुङले गोल गर्न सकेनन् । लगत्तै रञ्जित धिमालले पेनाल्टी क्षेत्रभित्र गरेको क्रसमा गोलरक्षक बिट भएपनि अनिलको डाइभीङ प्रयास खेर गयो ।
यस जितसँगै थ्री स्टार अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले ६ खेलमा ५ जित र १ हारसँगै १५ अंक जोडेको छ । तेस्रो खेलमा मनाङसँग पराजित भएपछि थ्री स्टारको यो लगातार तेस्रो जित हो । लगातार पराजय भोगेको सरस्वती भने अंक तालिकामा नवौं स्थानमा पुगेको छ । सरस्वतीले ६ खेलमा २ जित सहित ६ अंक जोडेको छ ।
अंक तालिका:

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]