7 years ago
December 6, 2018
मिडल्यान्ड (एजेन्सी) – लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा वल्भ्ससँग २–१ ले स्तब्ध बनेको छ ।

वल्भ्सको मैदानमा बुधबार राति भएको खेलमा चेल्सीले शुरुवाती अग्रता लिएर पनि स्तब्ध बनेको हो । लिगमा चेल्सीको यो दोस्रो हार हो । यसअघि चेल्सी टोटनहमसँग ३–१ ले पराजित भएको थियो ।
चेल्सीले रुवेन लफटस चिकको गोलबाट खेलको १८औं मिनेटमा अग्रता बनाएको थियो । चिकले इडेन हजार्डको पासलाइइ सदुपयोग गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा २ गोल खान पुग्यो ।
५९औं मिनेटमा घरेलु टोलीका राहुल जिमिनेजले बराबरी गोल फर्काए । उनले मोर्गान गिव्स ह्वाइटको पासलाई सदुपयोग गरेका थिए । त्यसको ४ मिनेट पछि नै डिएगो जोटाले गोल गरेपछि वल्भ्सले खेलमा २–१ को अग्रता बनायो ।
खेलमा पछि परेपछि चेल्सीले बल पोजेसन राखेपनि थप गोल गर्न नसक्दा वल्भ्ससँग २–१ ले स्तब्ध बन्न पुग्यो । यो हारले चेल्सीलाई घरेलु मैदानमा शनिबार राति म्यानचेस्टर सिटीविरुद्धको खेलका लागि मानसिक दवाव पर्ने देखिएको छ ।
हारपछि चेल्सी ३१ सहित चौथो स्थानमा झरेको छ । वल्भ्स १९ अंक जोडेर १२औं स्थानमा छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]