7 years ago
December 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक देव लिम्बूले उत्कृष्ट प्रदर्शन गरेपछि एनआईबीएल फ्रेन्ड्स क्लबले त्रिभुवन आर्मी क्लबलाई पल्सर सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार गोलरहित बराबरीमा रोकेको छ ।

पहिलो हाफको १४ औं मिनेटमा टंक बस्नेतले २५ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक देव लिम्बूले डाइभ गर्दै बचाए । २० औं मिनेटमा टंककै प्रहारलाई देवले विफल तुल्याए । ३६ औं मिनेटमा सन्तोष तामाङले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार गोलरक्षक देवले पन्च गरेर बचाए ।
३७ औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा कप्तान टेकबहादुर बुढाथोकिको हेडर अनिल महर्जनले गोललाइनबाट बचाए । ३९ औं मिनेटमा विमल पाण्डेको हेडर पोस्टमा लाग्दा आर्मी अभागी आवित भयो । पहिलो हाफको अन्तिम मिनेटमा दिनेशको कर्नरमा विमल पाण्डेको हेडर पोस्टमा लागेर गोलरक्षक देवको हातमा पुग्यो ।

५४ औं मिनेटमा टेकबहादुरको पासमा दिनेश हेन्जनको प्रहार पोस्टभन्दा थोरै बाहिर गयो । ६४ औं मिनेटमा फ्रेन्ड्सका सन्जोग महर्जनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार दिनेश हेन्जनले गोललाइन नजिकबाट बचाए । ७१ औं मिनेटमा फोफानाको फ्रिकिकमा धिरज श्रेष्ठले बलसम्म पुग्न सकेनन् ।
खेलको ३ मिनेट समय बाँकी छँदा वैकल्पिक खेलाडी नवयुग श्रेष्ठको पासमा टंक बस्नेतको प्रहार देव लिम्बूले बचाए । रिबाउन्डमा सन्तोष तामाङको प्रहारले पोस्टको दिशा लिन सकेन । खेल अवधिभर आर्मीको झन्डै आधा दर्जन गोलमुखी प्रहार बचाएका देव खेलको म्यान अफ द म्याच भए ।
यस बराबरीसँगै आर्मीको ६ खेलमा ४ जित र २ बराबरीसँगै १४ अंक भएको छ । आर्मी अंक तालिकामा चौथो स्थानमा छ । यता फ्रेन्ड्सले भने ६ खेलमा ५ अंक जोडेको छ ।

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]