7 years ago
December 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टिमका भरपर्दा मिडफिल्डर रोहित चन्द इन्डोनेसिया लिगको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् । लिगको प्राविधिक अध्ययन समितिले सार्वजनिक गरेको मनोनयनमा पर्सिजा जाकार्ताका मिडफिल्डर रोहितसँगै अन्य दुई खेलाडी रहेका छन् ।

रोहितको उत्कृष्ट प्रदर्शनका कारण नै पर्सिजा हाल अंक तालिकाको शीर्ष स्थानमा छ । पर्सिजाले लिगको अन्तिम खेल जितेको अवस्थामा लिग उपाधि जित्नेछ । लिगको ३० खेल खेलेका रोहितले ३ गोल र २ असिस्ट प्रदान गरेका छन् । रक्षात्मक मिडफिल्डरको भूमिका निभाएका रोहितले गोलको तथ्यांकमा उल्लेख्य प्रदर्शन नगरेपनि उनले मैदानमा भने निकै राम्रो प्रदर्शन गरेका थिए ।
रोहितले पर्सिजाको मिडफिल्ड सम्हाल्दै ८ सय ५० पास खेले । जसमध्य ६ सय ६८ पास सफल भएको थियो । रक्षात्मक मिडफिल्डमा खेलेर ७९ प्रतिशत पास सफल पार्नु राम्रो प्रदर्शन हो । यसबाहेक रोहितले विपक्षीको बल खोस्ने जिम्मेवारी पनि वहन गर्दै आएका छन् । उनी डिफेन्सको अगाडी बलियो प्रदर्शन गर्दै आएका खेलाडी हुन् ।

रोहितसँगै उत्कृष्ट खेलाडीको मनोनयनमा पर्सबायाका फरवार्ड डेविड डे सिल्भा र पीएसएम मकासरका विलेम जान प्लम रहेका छन् । प्राविधिक समितिका सदस्य सुदिरमानले उत्कृष्ट खेलाडीको छनोटमा खेलाडीको विभिन्न पक्षलाई हेरिएको थियो । निरन्तर राम्रो प्रदर्शनसँगै टोलीमा नेतृत्व क्षमता बोकेका र प्रभावकारी प्रदर्शन गर्ने खेलाडीलाई मनोनयनमा राखिएको हो ।
अन्तिम चरणको खेल बाँकी रहँदा रोहितको टोली ३३ खेलमा ५९ अंक जोड्दै शीर्ष स्थानमा छ । रोहितको टोलीले पछिल्लो तीनै खेलमा जित दर्ता गरेको छ । अन्तिम खेलमा पर्सिजाले मिट्रा कुकारको सामना गर्नेछ । दोस्रो स्थानमा रहेको पीएसएमको ५८ अंक छ । पीएसएमले पुछारको पीएसएमएसको सामना गर्नेछ ।
पर्सिजाको प्रतिद्वन्द्वी मिट्रा ३९ अंक जोड्दै गोलअन्तरमा रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको छ । पुछारको पीएसएमएसको ३७ अंक छ भने त्यसभन्दा माथि ४ टोलीको ३९ अंक रहेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]