7 years ago
December 7, 2018
एजेन्सी – स्पेनिस मिडफिल्डर इस्को र मार्को एसेन्सियोले २-२ गोल गरेपछि रियल म्याड्रिडले कोपा डेल रे अन्तर्गत बिहीबार मेलिलालाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । यससँगै रियल समग्रमा १०-१ को जित दर्ता गर्दै अन्तिम १६ मा स्थान बनाउँदा सफल भयो ।

रियलको जितमा मिडफिल्डर मार्को एसेन्सियोले उत्कृष्ट प्रदर्शन गरे । उनले टोलीको जितमा सुरुवाती दुई गोल गर्नुका साथै दुई असिस्ट पनि प्रदान गरे । उनीसँगै अर्का मिडफिल्डर इस्कोले २ गोल गर्दा भिनिसियस जुनियर र जाभी सान्चेजले पनि १-१ गोल गरे ।
पहिलो लेगमा फराकिलो जित दर्ता गरेकाले प्रशिक्षक सान्टियागो सोलारीले यस खेलमा दोस्रो रोजाइका खेलाडी उतारेका थिए । गोलरक्षक केलर नाभासले सुरुवाती रोजाइमा मौका पाउँदा डिफेन्समा जेसस भालेहो र जाभी सान्चेजले खेले । मिडफिल्डमा फेडेरिको भालभेर्डे तथा अाक्रमणमा मारियानो डियाज र भिनिसियसले मौका पाए । ड्यानी कार्भाजालले लेफ्ट ब्याकको भूमिका वहन गरे ।

खेलको सुरुवाती ३० मिनेटमा मेलिलाले पनि केहि गोल गर्ने अवसर बनाएको थियो । १८ वर्षीय फरवार्ड मोहमद मिजियनले दुई सुन्दर अवसर पाएपनि नाभास त्यसमा बाधक बने । मिजियनलाई रियल म्याड्रिडले यसअघि नै ट्रान्सफर विन्डोमा रियल ल्याउने तयारी गरेको बुझिएको छ ।
सुरुवाती ३० मिनेट रियललाई रोकेको मेलिलाले एसेन्सियोको सुरुवाती गोलपछि भने सम्हालिन सकेन । ३३ औं मिनेटमा एसेन्सियोले एकल प्रयासमै गोल गर्दै १-० को अग्रता दिलाए । लगत्तै भिनिसियस जुनियरले पेपे रोमेरोलाई छलाउँदै दिएको पासमा एसेन्सियोले रियलको अग्रता दोब्बर पारे ।

पहिलो हाफ सकिनसभन्दा ६ मिनेट अघि एसेन्सियोले नै रियललाई ३ गोलले अगाडि पुर्याउन मदत गरे । उनको चिप पासमा जाभी स्यान्चेजको प्रयास गोलमा परिणत भयो । स्यान्चेजले हावामै छँदा गरेको प्रयास गोलरक्षकको टाउको माथिबाट गोलमा परिणत भएको थियो ।
दोस्रो हाफको सुरुवातमै रियलले अग्रता बढायो । इस्कोले ४४ औं मिनेटमा शानदार सट प्रहार गर्दै गोलरक्षकलाई उक्त प्रहार बचाउने कुनै मौका दिएनन् । ७५ औं मिनेटमा भिनिसियसले पनि गोल गरे । एसेन्सियोले बनाएको मुभमा सुरुवाती सट गोलरक्षकले बचाएपनि रिबाउन्डमा भिनिसियसले गल्ति गरेनन् ।

मेलिलाले पनि ८० औं मिनेटमा पेनाल्टीको मौका पायो । जब जाभी सान्चेजले पेनाल्टी क्षेत्रभित्र लडाएपछि यासिन आफैंले पेनाल्टीलाई गोलमा परिणत गरे । ८३ औं मिनेटमा फ्रान गार्सियाको पासमा इस्कोले गोल गर्दै रियललाई सहज जित दिलाए ।

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]