7 years ago
December 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल १-१ को बराबरीमा सकिएको छ । पुलिसले पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा त्यसलाई बचाउन सकेन ।
खेलको १८ औं मिनेटमा मिनेटमा हिमालयन शेर्पाका प्याट्रिक गाेहाले बक्सभित्रबाट गरेको प्रहार आकासियाे । २३ औं मिनेटमा अजित भण्डारीले बक्सभित्रबाट पाएको अवसरमा फितलाे प्रहार गरे ।
३१अाैं मिनेटमा पुलिसले खेलमा सुरुवाती अग्रता लियो । फरवार्ड भरत साहले तेज तामाङकाे क्रस पासलाई सदुपयाेग गर्दै पुलिसलाई अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि नै भरतले अर्को अवसर पाए । दुई डिफेन्डरलाई बिट गर्दै गाेलरक्षक अघि बढेकाे अवस्थामा भरतले आफ्नो प्रहारलाई पोस्टको दिशा दिन सकेनन् ।
दोस्रो हाफको ७० औं मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो । पेनाल्टी क्षेत्रबाहिर लिएको चलाखीपूर्ण फ्रिकिकमा विश्वास श्रेष्ठको प्रहार सिधै गोलमा परिणत भयो । फ्रिकिकमा दिएको छोटो पासलाई विश्वासले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गोल गरेका थिए । थप समयमा गोल हुन नसक्दा खेल १-१ को बराबरीमा टुंगियो ।
यस बराबरीसँगै दुवै टोली समान ११ अंक जोडेर अंक तालिकामा मध्ये स्थानमा छन् । दुवै टोलीले ७ खेलमा ३ जित, २ बराबरी र २ हार बेहोरेका छन् । गोलअन्तरका आधारमा पुलिस पाँचौ र शेर्पा छैटौं स्थानमा छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]