default_image

7 years ago

December 8, 2018

सलाहको ह्याट्रिकमा लिभरपुलको जित

99 views

0 Bookmark

लन्डन (एजेन्सी)– मोहम्मद सलाहको ह्याट्रिकमा एएफसी बोर्नमाउथलाई ४–० ले हराउँदै लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । सलाहले पहिलो हाफमा लिभरपुललाई अग्रता दिलाएपछि दोस्रो हाफमा दुई गोल थिए ।

दोस्रो हाफ सुरु भएको तीन मिनेटमै सालाहले अर्को गोल गरेपछि खेलमा लिभरपुलले नियन्त्रण बनाएको थियो । लिभरपुलको तेस्रो गोल बर्नमाउथका खेलाडीले आत्मघाती गरेका थिए । ६८ औं स्टिभ कुकको आत्मघाती गोलमा लिभरपुलको अग्रता बढेको थियो ।

सलाहले खेल सकिन १३ मिनेट बाँकी रहँदा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यो जारी सिजन उनको दसौं गोल थियो । म्यानेचस्टर सिटीलाई १ अंकले पछि पार्दै लिभरपुल (४२ अंक) शीर्षस्थानमा उक्लेको हो । एक खेल कम खेलेको सिटीले आज चेल्सीको सामना गर्दैछ । त्यो खेल जितेमा सिटी पुन शीर्षस्थानमा पुग्नेछ । बोर्नमाउथ २३ अंकसहित सातौं स्थानमा छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.