default_image

7 years ago

December 9, 2018

चेल्सीद्वारा म्यानचेस्टर सिटी पराजित

126 views

0 Bookmark

लन्डन (एजेन्सी) –लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीलाई सिजनको पहिलो हार चखाएको छ । शनिबार राति भएको खेलमा चेल्सीले सिटीलाई २–० ले पराजित गर्दै प्रिमियर लिगमा सिटीको अपराजित यात्रामा पुर्णविराम लगाएको हो ।


सिटी पछिल्लो १५ खेलमा १३ जित र २ बराबरीसँगै लिगमा अपराजित रहेको थियो । चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा सिटीलाई हार चखाउन एनगोलो कान्टे र डेभिड लुइजले गोल गरे । दुवै गोल पहिलो र दोस्रो हाफमा सम्भव भएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा घरेलु टोली चेल्सीले ४५औं मिनेटमा एङ्गोलोको कान्टेको गोलबाट खेलमा अग्रता बनाएको थियो । कान्टेले इडेन हजार्डले पेनाल्टी बक्सभित्रबाट उपलब्ध गराएको पासलाई पेनाल्टी बक्सभित्रबाटै वान टचमा सुन्दर  गोल गरेका थिए ।

चेल्सीले ७८औं मिनेटमा अग्रता दोब्बर पार्यो । इडेन हजार्डकै कर्नरमा डेभिड लुइजले हेडमार्फत सुन्दर गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोलका केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा चेल्सीले खेल २–० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

सिटीले गोलका केही मौकाहरु सिर्जना गरेपनि चेल्सीको बलियो रक्षापङ्ति तोड्न नसक्दा लिगमा पहिलो हार बेहोर्न बाध्य बन्यो । जितपछि चेल्सी १६ खेलबाट ३४ अंक जोडेर तालिकाको चौथो स्थानमा यथावत छ । चेल्सीसँगको हारसँगै सिटीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । सिटीको १६ खेलबाट ४१ अंक छ ।

शनिबार राति नै एफसी बोर्नमाउथलाई ४–० ले पराजित गरेको लिभरपुल ४२ अंकसहति लिगको शीर्ष स्थानमा रहेको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.