default_image

5 years ago

December 9, 2018

मेस्सीको प्रभावशाली प्रदर्शनमा बार्सिलोना विजयी

35 views

0 Bookmark

इस्पान्योल (एजेन्सी) – कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले इस्पान्योललाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । मेसीले दुई गोल गर्दा लुइस स्वारेज र औसमान डेम्बेलेले समान एक-एक गोल थपे ।


मेस्सीले दुवै गोल फ्रिकिकमा गरेका थिए  । इस्पान्योलको मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले खेलको १७औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट खेलमा अग्रता बनाएको थियो । २६औं मिनेटमा डेम्बेलेले मेस्सीको पासलाई गोलमा परिणत गर्दै बार्सिलोनालाई खेलमा २–० को अग्रता दिलाए ।

४५औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनायो । उनले डेम्बेलेको पासलाई सदुपयोग गरेका थिए ।

६५औं मिनेटमा मेस्सीले टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–० को फराकिलो जित दिलाए । जितपछि बार्सिलोना १५ खेलबाट ३१ अंक जोडेर लिगको शीर्ष स्थानमा यथावत रहेको छ । स्पान्योल २१ अंकसहित नवौं स्थानमा छ ।

शनिबार राति नै भएको अर्काे खेलमा सेभिल्ला भ्यालेन्सियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । सेभिल्लाले खेलमा अग्रता बनाएपनि त्यसलाई अन्तिम मिनेटमा बचाउन नसक्दा १–१ गोलको बराबरीमा रोकिन पुगेको हो ।

सेभिल्लाका पाब्लो साराबियाले गोल गर्दा भ्यालेन्सियाका मौकटार डिदावेले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा बराबरी गोल फर्काएका थिए ।

बराबरीपछि सेभिल्ला २८ अंकसहित तालिको दोस्रो तथा १८ अंकसहति भ्यालेन्सिया १३औं स्थानमा छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.