default_image

7 years ago

December 9, 2018

रुस्लान थ्री स्टारको लगातार चौथो जित

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रञ्‍जित धिमालको दुई गोलसँगै रुस्लान थ्री स्टारले ललितपुरे प्रतिद्वन्द्वी जावलाखेल युवा क्लबलाई २-० ले पराजित गर्दै पल्सर सहिद स्मारक ए डिभिजन लिगमा लगातार चौथो जित दर्ता गरेको छ ।

पहिलो हाफमा दुवै टोलीले सुस्त प्रदर्शन गर्दै उल्लेख्य आक्रमण बुन्न सकेका थिएनन् । जावलाखेलले रक्षात्मक रणनीति अपनाउँदै थ्री स्टारको आक्रमणलाई रोकेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि थ्री स्टारले दोस्रो हाफमा गोल गर्दै जित दर्ता गरेको हो ।

खेलको ५२ औं मिनेटमा थ्री स्टारले पेनाल्टीको मौका पाएको थियो । सुनिल बलले बक्सभित्र प्रहार गरेकाे बललाई जावलाखेलका कुलदिप कार्कीले ह्यान्ड गरेपछि थ्रीस्टारले पेनाल्टीकाे माैका पाएकाे थियाे । जसलाई रञ्‍जित धिमालले गोलमा परिणत गरे ।

रञ्‍जितले नै थ्री स्टारको लागि दोस्रो गोल गरे । ६९ औं मिनटेमा रन्जन विष्टले एक्लै बल अघि बढाएकाे अवस्थामा फल हानेपछि रेफ्रीले कुलदिप कार्कीलाई सिधै राताे कार्ड दिए । त्यसै फलमा  प्राप्त फ्रिकिकमा रञ्‍जितले दर्शनिय गाेल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारे । रञ्‍जितको जारी सिजन यो छैटौं गोल पनि हो ।

यस जितसँगै थ्री स्टारले अंक तालिकामा शीर्ष स्थानको मनाङ र संकटासँग बराबर अंक जोडेको छ । ७ खेलमा ६ जित र १ हारसँगै थ्री स्टारले १८ अंक जोडेको छ । मनाङ शीर्ष स्थानमा रहँदा, थ्री स्टार दोस्रो र संकटा तेस्रो स्थानमा छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.