default_image

7 years ago

December 9, 2018

ब्राजिलियन र डच खेलाडीलाई पछि पार्दै रोहित बने सर्वोत्कृष्ट खेलाडी

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टिमका भरपर्दा मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्तालेआइतबार लिग वनको उपाधि जितेको छ । सोहि क्रममा रोहित लिगको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए ।

अघिल्लो साता रोहित इन्डोनेसिया लिगको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए । लिगको प्राविधिक अध्ययन समितिले सार्वजनिक गरेको मनोनयनमा पर्सिजा जाकार्ताका मिडफिल्डर रोहितसँगै अन्य दुई खेलाडी रहेका थिए । रोहितको लगातार उत्कृष्ट प्रदर्शनको मदतले पर्सिजाले लिग उपाधि जित्न सफल रहयो । अन्तिम खेलमा मिट्रा कुकारलाई २-१ ले पराजित गर्दै पर्सिजाले लिग उपाधि जितेको हो ।

लिगको ३१ खेल खेलेका रोहितले ३ गोल र २ असिस्ट प्रदान गरे  । रक्षात्मक मिडफिल्डरको भूमिका निभाएका रोहितले गोलको तथ्यांकमा उल्लेख्य प्रदर्शन नगरेपनि उनले मैदानमा भने निकै राम्रो प्रदर्शन गरेका थिए । मिडफिल्डको मध्यभागमा खेल्ने रोहितले अग्रपंक्तिलाई पास उपलब्ध गराउनुका साथै विपक्षीको बल खोस्ने जिम्मेवारी पनि वहन गर्दै आएका छन् । उनी डिफेन्सको अगाडी बलियो प्रदर्शन गर्दै आएका खेलाडी हुन् ।

इन्स्टाग्राम : हानिफदित्या

रोहितसँगै उत्कृष्ट खेलाडीको मनोनयनमा पर्सबायाका ब्राजिलियन फरवार्ड डेविड डे सिल्भा र पीएसएम मकासरका डच मिडफिल्डर विलेम जान प्लम रहेका थिए । प्राविधिक समितिले उत्कृष्ट खेलाडीको छनोटमा खेलाडीको विभिन्न पक्षलाई हेरिने जनाएको थियो ।

निरन्तर राम्रो प्रदर्शनसँगै टोलीमा नेतृत्व क्षमता बोकेका र प्रभावकारी प्रदर्शन गर्ने खेलाडीलाई मनोनयनमा राखिएको समितिले यसअघि जानकारी दिएको थियो । यी सबै पक्षमा रोहित उत्कृष्ट सावित हुँदै प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्न सफल भए ।

रोहितलाई कमेन्टमा बधाई संदेश दिनुहोस्

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.