7 years ago
December 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज सँग खेल्नेछ भने दोस्रोमा शीर्ष स्थानको मनाङ मर्स्याङदीले मछिन्द्रको सामना गर्नेछ ।

आर्मीले यस सिजन लिगको सातौं चरणसम्म आइपुग्दा ४ जित र २ बराबरीको नतिजा हासिल गरेको छ । लिगको पहिलो खेलमा न्यू रोड टिम (एनआरटी) संग २-२ को बराबरीमा रोकिएको आर्मी पछिल्लो खेलमा फ्रेन्ड्ससँग गोलरहित बराबरीमा रोकिएको थियो । उक्त खेलमा पहिलो रोजाईका फरवार्ड सबै अनुपस्थित हुनुले आर्मीलाइ घाटा परेको थियो ।
यस खेलका लागि कप्तान भरत खवास टोलीमा फर्केका छन् । ब्रिगेड ब्वाइजले ६ खेलको समापन हुँदा १ जित र १ बराबर खेल्दै ४ अंक जोडेको छ । ११ औं स्थानमा रहेको ब्रिगेड ब्वाइज आजको खेलमा पराजित भए एक स्थान तल झर्नेछ ।

दोस्रो खेलमा मनाङले जितविहिन र गोलविहिन रहेको मछिन्द्रको सामना गर्नेछ । जारी लिगमा मछिन्द्र गोल गर्न नसक्ने एकमात्र टोली हो । यसका बाबजुद मछिन्द्रले लिगमा ७ गोल मात्र खाएको छ । ६ खेलमा ३ बराबर र ३ हारसहित टोलीले ३ अंक जोडिसकेको छ ।
मनाङले पछिल्लो खेलमा जावलाखेललाई हराउन निकै कसरत गर्नुपर्यो । अन्जन विष्टको पेनाल्टी गोलमा मनाङ विजयी रहेको थियो । मछिन्द्रले पुलिस र च्यासलबाट अंक खोस्दै लिगमा राम्रो सुरुवात गरेको थियो । मनाङले पनि मछिन्द्रबाट बच्न सकेसम्म चाँडो गोल गर्नुपर्ने देखिन्छ । दुई विदेशी फरवार्ड उतारेको मनाङको प्रदर्शन सोचेअनुरुप हुन सकेको छैन ।
खेल तालिका :
मंसिर २४ : आर्मी विरुद्ध ब्रिगेड ब्वाइज– ११:०० – एन्फा कम्प्लेक्स
मंसिर २४ : मनाङ विरुद्ध मछिन्द्र – २:३० – एन्फा कम्प्लेक्स
अंक तालिका :

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]