default_image

7 years ago

December 10, 2018

पल्सर सहिद स्मारक ए डिभिजन लिग -आर्मीको पाँचौं जित

113 views

0 Bookmark

ठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पाँचौं जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराएको छ ।

 

६७ औं मिनेटमा टंक बस्नेतको हेडगोल नै आर्मीको जितका लागि पर्याप्त रह्यो । सन्तोष तामाङको पासलाई टेकबहादुर बुढाथोकी मिलाइदिएपछि टंकले गोल गरेका थिए ।

७ खेलमा आर्मीको यो पाँचौं जित हो । अपराजित आर्मीले २ खेलमा बराबरी गरेको थियो । १७ अंकसहित आर्मी चौथो स्थानमा यथावत रहेको छ । बिबिसीको यो पाँचौं हार हो । टोलीले १ जित र १ खेलमा बराबरी खेलेको थियो ।


आर्मीका कप्तान भरत खवासले दुई पटक गोल गर्ने अवसर पाए पनि उनको प्रहार सफल हुन सकेन । नवौं मिनेटमा भरतको कर्नरलाई बिबिसीका गोलकिपरले पन्च गरे ।

त्यस्तै ३६ औं मिनेटमा पेनाल्टी बक्सबाट उनको प्रहार विपक्षी रक्षकले क्लियर गरे । ४० औं मिनेटमा बिबिसीका मनोज राईको फ्रिकिक गोलकिपरले रोके । आजै शीर्षस्थानको मनाङ मस्र्याङ्दीले मछिन्द्र क्लबको सामना गर्नेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.