default_image

5 years ago

December 10, 2018

पहिलो हाफमा मनाङ र मछिन्द्र गोलरहित बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मछिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लब बिचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलकाे दाेस्राे मिनेटमा मच्छिन्द्रका विशाल राईकाे फितलाे प्रहार मनाङका गाेलरक्षक विशाल श्रेष्ठले सहजै बचाए । चाैथाे मिनेटमा मनाङका दिपक राईकाे प्रहार गाेलरक्षक दिप कार्कीले बचाए । १५अाैं मिनेटमा मनाङले […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मछिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लब बिचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

खेलकाे दाेस्राे मिनेटमा मच्छिन्द्रका विशाल राईकाे फितलाे प्रहार मनाङका गाेलरक्षक विशाल श्रेष्ठले सहजै बचाए । चाैथाे मिनेटमा मनाङका दिपक राईकाे प्रहार गाेलरक्षक दिप कार्कीले बचाए । १५अाैं मिनेटमा मनाङले पेनाल्टी एरियाभन्दा बाहिर फ्रिकिक पाएपनि डाेना थापाले सदुपयाेग गर्न सकेनन् । मनाङले आजको खेलमा ओलावाले आफिजलाई बेन्चमा राखेको छ ।

२१अाैं मिनेटमा डाेनाकाे पासमा अन्जन विष्टकाे प्रहार दाेस्राे बारबाट थाेरै बाहिरियाे । २९अाैं मिनेटमा मच्छिन्द्रका अजित गुरुङले गाेल गर्न सकेनन् ।  ३४अाैं मिनेटमा मनाङका कप्तान विराज महर्जनकाे पासमा अन्जनकाे हेडर गाेलरक्षक दिप कार्कीले सहजै बचाए ।

पहिलो हाफको दुई मिनेट बाँकी छँदा हेमन गुरुङकाे पासमा अन्जन विष्टकाे बक्सभित्रकाे प्रहार गाेलरक्षक दिप कार्कीले उत्कृष्ट बचाउ गरे ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.