default_image

7 years ago

December 10, 2018

लिगमा मनाङको दाबेदारी थप मजबुद

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो दाबेदारीलाई अझै मजबुद बनाएको छ । लिगको सातौं चरणअन्तर्गत सोमबार मच्छिन्द्र क्लबलाई १–० ले हराउँदै मनाङले शतप्रतिशत नतिजाले निरन्तरता दिएको छ ।

७ मा सबै खेल जितेको मनाङको २१ अंक छ । उत्तिनै खेलमा दोस्रो स्थानमा रहेको रुस्लान थ्री स्टार क्लबले १८ अंक छ । खेल सकिन पाँच मिनेट बाँकी रहँदा आफिज अलावालले गरेको गोल खेलको निर्णायक बनेको थियो । मिक्टर कामहुकाको क्रसमा हुलमुलबीचबाट आफिजले गोल गरेका हुन् । त्यसअघि पेनाल्टीमा गोल गर्न नसक्दा मनाङले अग्रताको मौका गुमाएको थियो ।

७० औं मिनेटमा साहिद एडिलाजााई पेनाल्टी बक्समा मच्छिन्द्रका खेलाडीले फाउल गरेपछि मनाङले पनाल्टी पाएको थिजयो । तर, अन्जन विष्टको पेनाल्टी प्रहारलाई मच्छिन्द्रका गोलकिपर दीप कार्कीले जोगाएका थिए ।

च्यस खेलको दोस्रो मिनेटमा मच्छिन्द्रका विशाल राईको फितलो प्रहार मनाङका गोलकिपर विशाल श्रेष्ठले सहजै बचाए । चौथो मिनेटमा मनाङका दिपक राईको प्रहार गोलकिपर दीपकले जोगाए । १५औं मिनेटमा मनाङले पेनाल्टी एरियाभन्दा बाहिर फ्रिकिक पाएपनि डोना थापाले सदुपयोग गर्न सकेनन् ।

२१औं मिनेटमा डोनाको पासमा अन्जनको प्रहार दोस्रो बारबाट थोरै बाहिरियो । २९औं मिनेटमा मच्छिन्द्रका अजित गुरुङले गोल गर्न सकेनन् । ३४औं मिनेटमा मनाङका कप्तान विराज महर्जनको पासमा अन्जनको हेडर गोलरक्षक दिपले रोके ।

पहिलो हाफको दुई मिनेट बाँकी छँदा हेमन गुरुङको पासमा अन्जन विष्टको बक्सभित्रको प्रहार गोलरक्षक दिप कार्कीले उत्कृष्ट बचाउ गरे ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.