default_image

7 years ago

December 13, 2018

शेर्पालाई हराउदै संकटा शीर्ष स्थानसँग बराबरीमा

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटाले शीर्ष स्थानमा रहेको सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबसँग अंक बराबरी गरेको छ । लिग अन्तरगत बिहिबार भएको खेलमा संकटाले हिमालयन शेर्पा क्लबलाई २–० ले पराजित गर्दै मनाङसँग अंक बराबरी गरेको हो ।

यद्दपि मनाङले एक खेल कम खेलेको छ । संकटाको ८ खेलबाट २१ अंक पुगेको छ । अपराजित रहेको मनाङको ७ खेलबाट २१ अंक छ । बिहिबार संकटालाई जिताउन सेडरिक अबा र दिपेश आलेमगरले गोल गरे ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा भएको खेलमा संकटाले पहिलो हाफको ३ मिनेटको अन्तरमा २ गोल गरेको थियो । ११औं मिनेटमा सेडरिक अवाले मैदानको मध्यभागबाट एक्लैले बल अघि बढाउदै दुई रक्षकलाई बिट गर्दै गोल गरेका थिए ।

त्यसको तीन मिनेटपछि अमित तामाङको क्रस पासमा शेर्पाका डिफेन्डर निरज बस्नेतको कमजोर डिफेन्सको फाइदा दिपेश आलेमगरले सिक्स यार्ड बकसबाट गोल गरेका थिए । २ गोलले पछि परेपछि शेर्पाले संकटालाई दवावमा राखेको थियो । २५औं मिनेटमा विश्वास श्रेष्ठको फ्रिकिक संकटाका गोलरक्षक राजाबाबु थापाले पन्च गरेका बचाएका थिए ।

दोस्रो हाफमा पनि शेर्पाले संकटामाथि लगातार दवाव सिर्जना गर्यो । यता संकटाले अग्रता जोगाइराख्न सफल भयो । ५५औं मिनेटमा विश्वासकै फ्रिकिक गोलरक्षकले पञ्च गरेर बचाएका थिए । ७३औं मिनेटमा विश्वासकै फ्रिकिकलाई गोलरक्षकले बचाएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा संकटा २–० ले विजयी हुन सफल भयो ।

संकटासँगको हारपछि शेर्पाको शेर्पाको ८ खेलबाट ११ अंक रहेको छ । शेर्पा छैटौ स्थानमा छ । संकटाका टम्पी अर्नेस्ट खेलको म्यान अफ दि म्याच भए ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.